डोटी । राष्ट्रिय जनमोर्चा, डोटीका नेता सिद्धराज विकले आफू पार्टी छोडेर कतै नलागेको स्पष्ट पार्नुभएको छ । फुटपरस्त तत्वहरुले धनगढीमा केही दिनअघि गरेको कथित भेलाबाट आफ्नो नाममा प्रदेश समितिमा राखेकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ ।
Advertisement
‘म चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा छोडेर कतै पनि लागेको छैन’ युगदर्शनसँगको सम्पर्कमा विकले भन्नुभयो, ‘सामाजिक सञ्जालमा आएका कुराहरु हल्लामात्रै हुन् ।’
जातीय समता समाजको सुदूरपश्चिम प्रदेश सदस्य सिद्धराज विकलाई फुटपरस्त तत्वरुले गठन गरेको राष्ट्रिय जनमोर्चाको कथित सुदूरपश्चिम प्रदेश समितिको सल्लाहकार बनाएका थिए । तर, उनीहरुको सो कार्यप्रति आफ्नो पूर्ण असहमति रहेको विकले बताउनुभयो ।