• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाका जस्ता देखिने लक्षण मानसिक रोगका पनि हुन सक्छन्


  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • गोपाल ढकाल ##
    कोभिड–१९ महामारीको समय सबैका लागि तनावपूर्ण समय हो । विपत्तिको बेलामा सामान्य डर, चिन्ता, बेचैनी, छट्पटी र तनाव हुनु स्वाभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसमा देखिने स्वाभाविक प्रतिक्रिया नै मानिन्छ ।

    Advertisement

    कोरोनाको सङ्क्रमणका बेला मानसिक तनावका विभिन्न लक्षण देखिन्छन । केही समयपछि धेरैजसोमा तनावका यस्ता लक्षण विस्तारै आफै कम भएर जान्छन । तर केहीमा भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढेर जान्छ ।

    तनावको बेला देखिने लक्षण
    मनमा कुरा खेल्नु, झर्को लाग्नु, रिस उठ्नु, हातखुट्टा वा जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, शरीर सिरिङ्ग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, घाँटी वा ढाड दुख्नु, रिङटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निद्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरीरमा थकान महसुस हुनु, सास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, दुविधामा पर्नु, चाडै बिर्सनु, मन दुखी हुनु, सामान्यभन्दा बढी डर, चिन्ता, पिर पर्नु, छट्पटी हुनु, निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षण तनावको बेलामा देखिन सक्छन् ।

    तनावपूर्ण वा असहज अवस्थामा देखिने यस्ता लक्षण सामान्य र स्वभाविक लक्षण हुन् । तर यस्ता लक्षण लामो समयसम्म रहिरहे भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढ्छ । यस्ता समस्याले आफ्नो दैनिक व्यवहार, व्यक्तित्व, सम्बन्ध, सोचविचार, भावना आदिमा असर पुर्याउन थाल्यो भने मानसिक रोगको रूपमा लिनुपर्छ ।

    मानसिक रोगमा शारीरिक लक्षण
    मानसिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगमा पनि विभिन्न किसिमका शारीरिक लक्षण देखिन्छन् ।

    कोरोना सङ्क्रमणको समयमा एन्जाइटी डिसअडर्स (डर, चिन्ता, बेचैनी ), प्यानिक डिसअडर्स (एक्कासि बिनाकारण उत्पन्न हुने अत्यधिक त्रास), कन्भर्सन डिसअडर्स (डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या), मानसिक आघात (पीडादायी घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग), एक्युट स्टे«स डिसअडर्स (तत्कालै देखा पर्ने तनावजन्य समस्या), जाँडरक्सी तथा लागु पदार्थको कुलत, एडजस्टमेन्ट डिसअडर्स (समायोजनको समस्या, परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था), डिप्रेसन (नैराश्यता, दिक्दारीपन), सामाजिक सन्जालको लत, अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहो¥याइरहने मानसिक रोग) तथा अन्य चिन्ताजन्य मानसिक रोगको जोखिम बढेर जान्छ ।

    कोभिड–१९ मा देखिन लक्षण र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षण झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन । कोभिड–१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धित रोग हो ।

    यी मानसिक रोगमा पनि विभिन्न किसिमका शारीरिक लक्षण देखिन्छन्; जस्तो– टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा कट्कटी खाने, झम्झमाउने, रिङटा लाग्ने, कव्जियत वा पखाला लाग्ने, पेट फुल्ने वा पेट ढुस्स हुने, उल्टी हुने, वाक्वाकी लाग्ने, भोक नलाग्ने, खानाको स्वाद मिठो नहुने, छाती भारी हुने, छाती दुख्ने, छाती पोल्ने, मुटु चस्किने, मुटु ढुक्ढुक् हुने, जिउ तात्ने वा चिसो हुने जस्ता शारीरिक लक्षण मानसिक रोगमा देखिन्छन् ।

    त्यसैगरी, निद्रा नलाग्ने, शरीरमा कमजोरी महसुस हुने, थकाइ लाग्ने, बेहोस हुने, पसिना आउने, सास फुल्ने, स्वाँ स्वाँ हुने, घाँटी खस्खसाउने, सुक्ने, खोकी लाग्ने, हाई हाई आउने, बाडुली लाग्ने आदि शारीरिक लक्षण मनोरोगमा पनि देखिन सक्छन् । अझ प्यानिक डिसअडर्समा त श्वास नै रोकिए झैँ हुने, श्वास फेर्न कठिनाइ महसुस हुने, अहिल्यै मरिएला जस्तो गरी पीडा र छट्पटी महसुस हुन्छ ।

    यस्ता लक्षण देखिँदा आफूमा कोभिड–१९ रोग पो लाग्यो कि भनेर धेरै व्यक्ति भयभित हुने गरेको पनि देखिन्छ । मानसिक रोगका कारण यस्ता लक्षण देखिने भएकाले शारीरिक परीक्षण गर्दा भने शरीरमा कुनै पनि खराबी देखिँदैन ।

    तनाव वा मानसिक रोगका कारण हुने यस्ता शारीरिक लक्षण महसुस गरी आफूलाई कोरोना भाइरस सङ्क्रमण भयो भन्दै परीक्षणका लागि अस्पताल धाउने पनि धेरै हुन सक्छन् ।

    एन्जाइटी डिसअडर्स, प्यानिक डिसअडर्स तथा अन्य चिन्ताजन्य मानसिक रोगमा बिरामीलाई एकपटक परीक्षण गर्दा चित्त नबुझ्न पनि सक्छ । उनीहरू आफू कोरोना भाइरसले सङ्क्रमित भएको आशङ्का गरी पटक पटक परीक्षणका लागि अस्पताल पुग्न सक्छन् ।

    कोभिड–१९ र मानसिक रोगमा देखिने शारीरिक लक्षण उस्तै
    कोभिड–१९ हुँदा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, सास छोटो हुने वा स्याँ स्याँ हुने, सास फेर्न कठिनाइ हुने कोरोना भाइरसका केही मुख्य लक्षण हुन् । साथै कोभिड–१९ का केही बिरामीमा थकान, कमजोरी, टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, स्वाद र बास्ना हराउने गरेको पनि पाइएको छ । केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि सिथिल भएको पाइएको छ । साथै आँखा हल्का रातो हुने, पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुने जस्ता लक्षण पनि देखिन सक्छन् ।

    मानसिक द्विविधामा पर्ने, निद्रा नलाग्ने, स्मरणशक्तिमा कमी, मुटुको धड्कन बढ्ने, मुटुको मांशपेशी दुख्ने/पोल्ने, हाछ्युँ आउने, घाँटी खस खस हुने र बेचैनी वा छटपटी हुने जस्ता थप लक्षण नयाँ प्रजातिको कोरोना भाइरस सङ्क्रमितमा देखिएको छ ।

    कोभिड–१९ मा देखिन लक्षण र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षण झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन । कोभिड–१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धित रोग हो ।

    कोभिड–१९ वा मानसिक रोगको लक्षण भएको कसरी छुट्टाउने ?
    कसैमा कोभिड–१९ का जस्ता लक्षण देखिएमा वा आफू सङ्क्रमित भएको आशङ्का लागेमा सर्वप्रथम स्वास्थ्य परीक्षण नै गर्नुपर्छ । स्वास्थ्य परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएमा यी लक्षण मनोसामाजिक समस्या वा मानसिक रोगका लक्षण हुन सक्छन् । यस्तो अवस्थामा मनोरोग विशेषज्ञ, मनोविद् वा मनोपरामर्शदातालाई भेट्नुपर्छ ।

    कोभिड–१९ वा शारीरिक रोग लाग्दा यसका लक्षण सीमित हुन्छन । कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिले प्रायः समान किसिमको लक्षण महसुस गर्छन । तर मनोसामाजिक समस्या वा मानसिक रोगमा देखिने शारीरिक लक्षण असीमित हुन हुन्छन । सबै अङ्ग वा प्रणालीमा लक्षण देखिन सक्छन् ।

    कोभिड–१९ मा प्रायः लक्षण शारीरिक किसिमका हुन्छन । मनोसामाजिक समस्या वा मनोरोगमा भने शारीरिक लक्षणका साथसाथै मनसँग सम्बन्धित लक्षण† जस्तो– डर लाग्ने, चिन्ता लाग्ने, मनमा कुरा खेल्ने, मन दुखी हुने, पिर पर्ने आदि जस्ता लक्षण लेखिन्छन ।

    मानसिक रोगमा देखिने शारीरिक लक्षण छोटो समयका लागि हुन्छ र यी लक्षण परिवर्तन भइरहन्छन् । तर शारीरिक रोगमा भने निरन्तर चौबिसौँ घण्टाजसो एकै किसिमका लक्षण रहिरहन्छन ।

    कोभिड–१९ मा प्रायः लक्षण शारीरिक किसिमका हुन्छन । मनोसामाजिक समस्या वा मनोरोगमा भने शारीरिक लक्षणका साथसाथै मनसँग सम्बन्धित लक्षण† जस्तो– डर लाग्ने, चिन्ता लाग्ने, मनमा कुरा खेल्ने, मन दुखी हुने, पिर पर्ने आदि जस्ता लक्षण लेखिन्छन ।

    त्यसैगरी मनोसामाजिक समस्या वा मनोरोगमा व्यवहारसँग सम्बन्धित लक्षण रुने, एक्लै बस्ने, नबोल्ने, आवश्यकताभन्दा बढी सतर्कता अपनाउने, जाँडरक्सी तथा लागुपदार्थको सेवन गर्न थाल्ने जस्ता व्यवहार देखाउन सक्छन् । यसका साथै मनोरोगमा सम्बन्धसँग सम्बन्धित लक्षण पनि देखिन्छन्† जस्तो– सम्बन्ध बिग्रँदै जाने, जिद्दीपना, अरूलाई विश्वास नगर्ने, अरूसँग टाढिँदै जाने आदि ।

    निष्कर्षमा शरीर र मन एकर्काका परिपूरक छन् । मनमा समस्या आउँदा वा रोग लाग्दा शारीरिक लक्षण पनि देखिन्छन् । यसैगरी शरीरमा रोग लाग्दा यसले मनमा पनि असर पुर्याउँछ ।

    निषेधाज्ञाको अवधिभरि फोनमार्फत निःशुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ, जसका लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ

    (लेखक मनोविद् हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्)

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.