काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । २०७८ भदौ ७ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल/मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो ।
Advertisement
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टित प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
बढेको मूल्यपछि अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेल ११३ रुपैयाँ, हवाइ इन्धन ८६ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिलिसिलिन्डर १ हजार ४५० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य ७७० प्रतिकिलोलिटर पुगेको निगमले जनाएको छ ।





