• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ८. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • ९. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • १०. अम्बिकादेवीको ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा


  •   शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
  • भरतपुर । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कार्यक्रम आयोजना हुने भएको छ ।

    Advertisement

    गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    कार्यक्रमका संयोजक एवम् गैरआवासी यसमन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवद्र्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । उनले भने– ‘यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवद्र्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबिच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो ।’

    भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठुलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ ।

    उनले भने– ‘नेपालको पर्यटन प्रवद्र्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन, भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ । यही सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।’

    यहाँ आयोजना गर्ने कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि सहभागी हुने उनको भनाइ छ । उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्ने उनले जानकारी दिए ।

    कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ ।

    लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको उनले बताए । विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने सापकोटाले बताए । (रासस)

    शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग
    जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत
    नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही
    दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन
    जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

    • २.
      रङ्गीन फूलको एउटै माला बनाऔँ

    • ३.
      फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

    • ४.
      जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

    • ५.
      नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

    • ६.
      उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

    • ७.
      दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

    • ८.
      जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.