• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ६. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ७. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह


  •   शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक बिपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुन: उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ ।

    Advertisement

    चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाउनुभएको हो ।

    विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र बिपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक छ ।’

    उहाँले संयुक्त राष्ट्रसङ्घीय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्दै जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपाल यस्तो विश्वव्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउन् यसका लागि संयुक्त राष्ट्र सङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिविम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनु आवश्यक छ ।’

    शान्ति र विकास एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले गरिबी र भोकमरीको अन्त्य, मानव कल्याणको प्रवद्र्धन तथा हतियारको होडमा खर्च हुने स्रोतसाधनलाई विकासमा परिचालन गर्नु अन्तरराष्ट्रिय समुदायको साझा दायित्व भएको पनि स्पष्ट गर्नुभयो ।

    सम्बोधनका क्रममा उहाँले समावेशी, उत्थानशील र वातावरणमैत्री विकासका लागि सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र वातावरण संरक्षण अन्तरराष्ट्रिय सहकार्यका प्रमुख प्राथमिकता बन्नुपर्छ ।’

    उहाँले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक आदानप्रदान, बौद्ध दर्शन र जनस्तरको आत्मीयताबाट विकसित हुँदै आएको पनि स्पष्ट गर्नुभयो ।

    उहाँले विश्वमा हाल देखा परिरहेका साझा चुनौतीको समाधान कुनै एक राष्ट्रको प्रयासबाट सम्भव नहुने भन्दै यसका लागि संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रसङ्घको बडापत्र, अन्तरराष्ट्रिय कानुन र बहुपक्षीयतामा आधारित विश्वव्यवस्थाले अन्तरराष्ट्रिय शान्ति, सुरक्षा र विकासमा महत्वपूर्ण योगदान गरेको पनि बताउनुभयो ।

    उक्त फोरमले विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण, समावेशी र प्रभावकारी बनाउने दिशामा सार्थक विचारविमर्श अघि बढाउँदै विश्वशान्ति, दिगो विकास र साझा समृद्धिका लागि सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । (रासस)

    शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम
    एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
    राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : बिझुक्छे
    एनपिएल जित्नेले डेढ करोड पाउने
    देशभर १३ बिपद्का घटना, एकको मृत्यु, आठ घाइते
    बेनीघाट–तातोपानी सडक खुल्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    • ६.
      प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

    भर्खरै

    • १.
      बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

    • २.
      फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

    • ३.
      इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

    • ४.
      भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

    • ५.
      इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

    • ६.
      हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

    • ७.
      युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    • ८.
      ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.