किएभ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् ।
युक्रेनी सेनाका लागि महत्त्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबिच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए । उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटकपटक परिवर्तन गर्दै आएका छन् । उहाँले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी पनि गर्दै आएका छन् ।
रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सञ्चालनका लागि नागरिक प्रयोजनको स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ । (रासस/एएफपी)





