बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ । २०७८ भदौ ७ गते दिउँसो भएको मतदानमा उहाँको पक्षमा ४२ मत परेको छ ।
८० सांसद रहेको प्रदेशसभाको बैठक विपक्षी एमालेले बहिष्कार गरेको थियो । बैठकमा ४३ जना उपस्थित भएका थिए, जसमध्ये केसीको पक्षमा ४२ मत परेको थियो ।
केसी साउन २८ गते लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, माओवादी–केन्द्र, जनता–समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिह्नबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नभएको हो ।
रोल्पाको निर्वाचन क्षेत्र १ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भदौ ७ गते विश्वासको मत लिएका हुन् ।
प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड नियन्त्रण आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको थियो । उहाँले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
भदौ ७ गते बसेको पहिलो बैठक एमालेका सांसदहरुले रोस्ट्रम घेरेर अवरुद्ध पारेका थिए । दोस्रो बैठकमा केही विधेयक पेस भएका थिए । दोस्रो बैठक पनि विपक्षीहरूले बहिस्कार गरेका थिए ।