पोखरा । पोखराको महेन्द्रपुल क्षेत्रमा सडक भासिएको छ । मुख्य शहरी क्षेत्रमा पर्ने पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक भासिएपछि स्थानीय त्रसित बनेका छन् ।
Advertisement
महेन्द्रपुल क्षेत्रमा झण्डै ५ फिट गहिरो गरी १० मिटरभन्दा बढी सडकखण्ड भासिएको हो । सडक भासिदा आवागमनमा असुविधा भएको छ ।
पोखरा–३, नदीपुरदेखिको सडकमै बाढी बगेपछि सडक भासिएको हो । आइतबार साँझदेखि परेको अविरल वर्षासँगै राति ९ः३० बजेतिर सडक भासिएको स्थानीयले जनाएका छन् ।
पोखरामा पानी ढलो मासिँदा समस्या आउन थालेको स्थानीय बताउँछन् । कमजोर भूखण्ड रहेको पोखरामा पानी पर्दा ढलले नथेग्ने र सडकबाटै पानी बग्ने गर्दछ । जसले गर्दा जमिन भासिने खतरा हुने गर्दछ ।