बुटवल । रुपन्देहीको बुटवलस्थित पुष्पलाल पार्कमा २०७८ साउन २४ गते मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्लाध्यक्ष क. बद्रे आलम, नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिब्युरो सदस्य भूपेन्द्र न्यौपाने, नेकपा (माले) का पोलिटब्युरो सदस्य गोपालमनि गौतम र नेकपा (माओवादी केन्द्र–समाजवादी) का केन्द्रीय उपाध्यक्ष विनोद उपाध्यायले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरूले सम्बोधन गर्दै एमसिसी तत्कालै खारेज गर्न माग गर्नुभएको थियो । एमसिसी कार्यान्वयन भएमा देशको सार्वभौमिकतामाथि नै आँच पुग्ने भन्दै उनीहरूले यस्तो दावी गरिएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष पिताम्बर आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टानबहादुर केसीले गर्नुभएको थियो ।
कार्यक्रममा साझा–विवेकशील पार्टीका नेता–कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो ।