म्याङलुङ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक बिदा दिएको छ ।
Advertisement
उपाध्यक्षका ससुरा कृष्णप्रसाद गौतमको साउन २१ गते राति ११ः४० निधन भएको र आज साउन २२ गते बिदा दिइएको गाउँपालिकाद्वारा जारी सूचना उल्लेख छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जारी गरेको सूचनामा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एवम् गाउँपालिका मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय सबैमा शोकबिदा दिने निर्णय भएको जनाइएको छ ।
