दुर्गानाथ खरेल ##
विश्वदृष्टिकोण भन्दा साधारण हिसाबले पनि विश्वलाई हेर्ने हेराइ र देख्ने देखाइ हो भन्ने बुझिन्छ । विश्वलाई बुझ्ने गरी कसरी हेर्नुपर्छ र कसरी बुझ्न सकिन्छ भन्ने मुख्य प्रश्न हो ।
विश्व परस्पर विरोधी वस्तु र विरोधी गतिविधि भएर टिकेको र गतिशील भएको दुवै हो । विरोध र विरोधी गतिको अवस्था अथवा अन्तरविरोधको अवस्थालाई जस्ताको त्यस्तै अवस्थामा बुझ्न नसक्ने हो भने हामीले संसारलाई बुझ्न, परिवर्तन गर्न र आफूहरूको पक्षमा उपयोग गर्त सक्दैनौँ । सबैभन्दा पहिले बुझ्नुपर्छ, त्यसपछि मात्र परिवर्तन गर्ने र आफ्नो पक्षमा उपयोग गर्ने अथवा आफू पनि मानवहितमा समर्पित हुने कुरा आउँछ ।
धेरैजसो मान्छेले ठोस रूपमा प्रकृतिलाई जस्ताको त्यस्तै बुझ्न सक्दैनन् । उनीहरूले बदल्ने सामथ्र्य राख्ने त कुरै भएन, आफ्नो अमूल्य जीवन बिनाअर्थमा पूरा गर्छन् । समाजमा विरोधी पक्ष छन् र तीमध्ये एउटाको प्रतिनिधि हुँ भनेर त्यही पक्षको पक्षपोषण र विरोधी पक्षको भण्डाफोर गर्ने मात्र नगरेर आफ्नो पक्षलाई र विरोधी पक्षको भण्डाफोर गर्ने मात्र नगरेर आफ्नो पक्षलाई र विरोधी पक्षसमेतलाई बदल्नमा आफ्नो योगदान थप्नेको मात्र सफल जीवन हो । बदल्ने उद्देश्य निश्चित गरेपछि र आफूलाई र आफ्नो समाजको स्थितिलाई जस्तो छ, त्यस्तै रूपमा बुझेपछि बदल्ने तरिका पनि थाहा पाउनुपर्छ, तब मात्रै बदल्न सकिन्छ ।
क्रान्तिकारी रूपको आदि र अन्त्य हुँदैन । तर हाम्रो जीवनको आदि र अन्त्य हुन्छ ।
सङ्घर्षका तरिका आर्थिक, राजनैतिक र वैचारिक तीन वटैको प्रयोग व्यावहारिक रूपमा आफैबाट अथवा आफूले सकेसम्मको व्यवहार र व्यवहारका लागि सिद्धान्तको अध्ययन खुबै जान्नुपर्दछ । समाधानको उपाय निश्चित गर्ने काम व्यक्तिले र सामूहिक प्रयत्न चाहिने काम सङ्गठन निर्माण र परिचालन गरेर अगाडि बढ्न सक्नुपर्छ ।
क्रान्तिकारी रूपको आदि र अन्त्य हुँदैन । तर हाम्रो जीवनको आदि र अन्त्य हुन्छ । सतिप्रथा, जातिप्रथा, छाउपडी प्रथा आदि सबैको आदि र अन्त्य हुन्छ । आदिम साम्यवादी व्यवस्थाको अन्त्य भएर दासव्यवस्था सुरु भयो । त्यो पनि अन्त्य भएर सामन्ती व्यवस्था सुरु भयोे । अहिले एकाधिकारी साम्राज्यवादी व्यवस्था चलेको छ । यसको पनि अवश्य अन्त्य हुने छ । तर क्रान्तिकारी रूप आदिम सामन्यवादी व्यवस्थामा पनि थियो† अहिले पनि छ र भविष्यमा पनि हुने छ ।
आदिम साम्यवादी व्यवस्थामा पनि क्रान्ति चाहिएको थियो । त्यतिखेरको क्रान्तिकारी कामले गर्दा व्यक्तिगत स्वामित्व स्थापना भयो । व्यक्तिगत सम्पत्तिप्रथाको क्रान्तिकारी रूप दासप्रथा थियो । दासप्रथाको चार हजार वर्षको क्रान्तिकारी कामको नतिजा सामन्ती व्यवस्था थियो । किन एकपछि अर्काे गर्दै क्रान्तिकारी रूप देखा पर्दै जान्छन् ? यस विषयमा गम्भीर भई चिन्तन मनन गर्नुपर्छ ।
प्रत्येक क्रान्तिकारी रूपको सङ्घर्षले मानव समाजलाई उन्नति र विकास गरेर सुविधासम्पन्न बनाएको हुन्छ । आदिम साम्यवादमा क्रान्ति नभएको भए उत्पादन बढी हुने थिएन, प्रकृतिमा नै भर पर्नुपर्ने हुन्थ्यो । मान्छे आत्मनिर्भर हुने थिएन । मान्छे आत्मनिर्भर बने पनि दास बन्ने मान्छेमाथिको ज्यादती अत्यन्तै बढी थियो । तिनीहरूलाई क्रान्ति चाहिएको थियो । चार हजार वर्षको क्रान्तिकारी रूपको परिणाम दासहरू किनिन–बेचिन नपाउने गरी स्वतन्त्र भए । दास स्वतन्त्र त भए, तर जग्गाका मालिक उनीहरू हुन नपाई सामन्त भए । फेरि क्रान्ति प्रदर्शन गर्नैपर्यो । १५ सय वर्षको ज्यादति पुँजीवादी क्रान्तिले हटायो । उद्योगका मजदुर काम गर्न र नगर्न वा सङ्गठन गर्न पाउने भए पनि व्यक्तिगत सम्पत्ति प्रथा भएका कारण बेरोजगारी र गरिबी व्यहोर्न बाध्य छन् । समाजवादी क्रान्तिले त्यो अवस्थाको अन्त्य गरे पनि क्रान्तिकारी रूपको अन्तर भने हुन सक्दैन ।
समाजमा परम्परा र धर्मको रूढीवादी सोचका कारण सर्वसाधारण जनताले अग्रगामी चिन्तनमा सहभागी हुन सक्दैनन् । उनीहरूको सोचाइ अघि होइन, पछि फर्केको हुन्छ ।
समाजमा परिवर्तन भइरहेको हुन्छ । परिवर्तन र विकास सरलबाट जटिल, निम्नस्तरबाट उच्चस्तरतिर भइरहेको हुन्छ । मानव चिन्तन मानव उत्पत्ति र विकाससँग सम्बन्धित हुन्छ । समाजको रूप, अवस्था र स्तरमा विकास भइसकेको हुन्छ । तर चिन्तनमा पुरानो छाप रहिरहेको हुन्छ । त्यही पुरानो र नयाँबिच सङ्घर्ष हुँदा मानसिक बिम्बमा पनि अग्रगतिले बाटो बनाउँछ । त्यो भनेको चिन्तन, चेतना र सोचाइमा पनि नयाँको छाप पर्दै जान्छ । पहिलेको भन्दा वर्तमानको रूपजस्तै त्यो भन्दा अगाडिको अनुमान लगाउनसमेत सक्षम हुन्छ ।
समाजमा परम्परा र धर्मको रूढीवादी सोचका कारण सर्वसाधारण जनताले अग्रगामी चिन्तनमा सहभागी हुन सक्दैनन् । उनीहरूको सोचाइ अघि होइन, पछि फर्केको हुन्छ । हाम्रा बाजे, जो पिछडिएको समाजका प्रतिनिधि थिए, उनका र उनका पनि बाउबाजेका कामकारबाहीको नक्कल गर्ने चाहना र नक्कल गर्ने व्यवहारले अग्रगमनलाई भन्दा वर्तमान समाजमा पनि प्रतिगमनको सेवा गरेको र गरिरहेको हुन्छ ।
समाजमा सानैदेखि संस्कृति, रहनसहन, चालचलन सबैमा आधुनिक शिक्षा, सञ्चार र यातायातका साथै आर्थिक अवस्थाको पहुँच नपुगेका कारणले पनि वर्तमान समाजभन्दा पिछडिएको सामाजिक अवस्थाको छाप रहिरहेको हुन्छ । विकास गरेका देश रुस, चीन, अमेरिका, जर्मन आदिको जनजीवनको अनुमान, बयान र नक्कल हुनुपर्ने ठाउँमा आफ्नै संस्कृतिको कुरा गरेर राणाशासन, राजतन्त्र, हिन्दु धर्म आदिको व्यापक प्रचार र कुराकानी गरेर गणतन्त्रमा समेत प्रतिगमन भएर राजनतन्त्र आउन सक्ने कुरालाई इन्कार गर्न सकिन्न । यो आजको एक्काइसौँ शताब्दीको चिन्ताको विषय हो । त्यसकारण चिन्तनमा अग्रगमनको छाप पार्न विश्वदृष्टिकोणमा परिवर्तन र विकास गराउन जरुरी छ ।
अध्ययनको उच्च महत्त्व छ । सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त मुख्य हो । त्यो सिद्धान्त पनि व्यवहारमा प्रयोग गर्नलाई नै हो । त्यसैले सिद्धान्तको अध्ययन र व्यवहारका महत्त्व छ ।
नियम, कानुन, नैतिकता, अनुशासन र बहुमत अल्पमत कतैबाट पनि मेल नखाने अराजक कामको नेतुत्व गर्नेहरूको बोलावाला हुने मात्रै होइन, तिनीहरूकै पार्टीलाई धेरै जनताले मत दिएर सबैभन्दा ठुलो पार्टी बनाएको इतिहासले पनि त्यही पुष्टि गर्छ । यो सबै हुनाको मुख्य कारण अलौकिक शक्ति र धर्मको गहिरो छाप भएकाले हो ।
वर्तमान समाजमा अराजकको बोलवाला छ । समाजमा योजनानुसार सञ्चालित शक्तिभन्दा बिना योजना र बिनाअनुशासनको अनियन्त्रित शक्ति बढी शक्तिशाली छन् । माओवादीको कथित दश वर्षे जनयुद्ध, झापालीको उग्रवामपन्थी भड्काव र केही समयअघि ओली प्रधानमन्त्री भई चालेका कदमले त्यही पुष्टि गर्छन् ।
नियम, कानुन, नैतिकता, अनुशासन र बहुमत अल्पमत कतैबाट पनि मेल नखाने अराजक कामको नेतुत्व गर्नेहरूको बोलावाला हुने मात्रै होइन, तिनीहरूकै पार्टीलाई धेरै जनताले मत दिएर सबैभन्दा ठुलो पार्टी बनाएको इतिहासले पनि त्यही पुष्टि गर्छ । यो सबै हुनाको मुख्य कारण अलौकिक शक्ति र धर्मको गहिरो छाप भएकाले हो । अलौकिक शक्तिलाई शक्तिशाली र आफूलाई निरीह सम्झेर सङ्गठनमाथि, नैतिकतामाथि, अनुशासनमािथ, श्रममाथि विश्वस्त हुन नसक्ने भएकै कारण बेला बेलामा र धेरै पटक अराजकको बोलवाला हुने गरेको छ । भौतिकवादी दृष्टिकोण अपनाउन, वस्तुगत अवस्थाको ठोस विश्लेषण गर्न र अनुशानहीनलाई कारबाही गर्नेतिर ध्यान दिएको वा ध्यान दिने गरेका भए त्यस्तो हुन पाउने थिएन ।
राजनीति निश्चित उद्देश्य प्राप्त गर्नका लागि गरिने वर्गसङ्घर्षको काम हो । यो राज्यसत्तासँग सम्बन्धित हुन्छ । राज्यसत्ता समाजको सबैभन्दा ठुलो सङ्गठित शक्ति हो । जति धेरै ठुलो र जति धेरै सङ्गठित भए पनि जनताको तुलनामा करिब एक प्रतिशत मात्रै हुन्छ । ९९ प्रतिशत जनता राज्यसत्ताभन्दा बाहिर भए पनि समाजमा अराजकता फैलाउनमा राज्यसत्ता मुख्य जिम्मेवार हुन्छ । परम्परागत शक्ति र सम्पत्तिवाला शक्तिको पकड भएको हुनाले समाजमा राज्यसत्ताले अराजकता फैलाइरहन्छ ।
जहाँसम्म विकासको कुरा छ, त्यो एउटा गुणात्मक अवस्थाबाट अर्काे गुणात्मक अवस्थासम्मको सङ्क्रमण मात्र हो । समाजमा विकास र परिवर्तन भइरहेको हुन्छ । त्यो मात्रात्मक विकास र परिवर्तन हो । त्यसले नयाँ गुणात्मक अवस्थालाई नजिक ल्याइरहेको हुन्छ ।
सर्वहारा विश्वदृष्टिकोणले काम गर्दै जान्छ र गरिरहेको हुन्छ । सर्वहारा वर्ग समाजको सबैभन्दा उत्पीडित वर्ग हो । आफ्नो वर्गको विश्वदृष्टिकोण कार्ल माक्र्सको पालामा १८४८ फेबु्रअरीमा प्रकाशन भएको कम्युनिस्ट घोषणापत्रपछि मात्रै बौद्धिक खुराकका रूपमा आएको हो ।
सर्वहारा वर्ग त्योभन्दा धेरै पहिलेदेखि समाजमा विद्यमान थिए । तर सर्वहारा मजदुरको रूपमा होइन, दासको रूपमा र भूदासको रूपमा श्रमको शोषणमा पर्दै आएका थिए । दासहरूले ठुलै विद्रोह गरेर दासव्यवस्था चल्नै नसक्ने बनाए पनि उनीहरूसँग आफ्नो वर्गको मुक्तिको दस्तावेज थिएन । सामन्ति व्यवस्थाको मारमा परको भूदास किसानहरूसँग पनि त्यतिलामो 15 सय वर्षको सामन्तिकाल सम्म आफ्नो मुक्तिको बौद्धिक हतियार थिएन । तर पनि अन्याय र शोषण, दमनको विरोध गर्दै गरेका थिए ।
भौतिकवादी विश्वदृष्टिकोण कुनै कल्पनामा आधारित हुँदैन । वस्तुगत अवस्था जस्तो छ, चेतनागत अवस्था पनि त्यस्तै बनाउनुपर्छ ।
सर्वहारा वर्ग औद्योगिक क्रान्तिपछि उत्पादन भएका आधुनिक मजदुर वर्ग हन् । समाजमा सर्वहाराकरणको गति तीव्र रूपमा बढिरहेको भए पनि चेतना, वर्गसचेतना र अनुशासित सङ्गठन निर्माण भने त्यही रूपमा हुन सकेको छैन । अध्ययन र काम गर्ने सिलसिलामा मात्रै होइन, समाजमा उत्पादन, पुनरुत्पादन, वितरण र सेवाक्षेत्रमा काम गर्ने सिलसिलामा धेरै सङ्ख्यामा सर्वहारा उत्पादन भइरहन्छन् र तिनीहरूमा मात्र होइन, निम्न पुँजीपति वर्गमध्येका धेरैमा समेत सर्वहारा विश्वदृष्किोणले काम गरिरहेको हुन्छ । माक्र्सले सर्वहारा वर्गमा भौतिक शक्ति भेट्याउने र सर्वहारा वर्गले माक्र्सवादमा बौद्धिक शक्ति भेट्याउने काम भइरहन्छ ।
मानव चिन्तन र भौतिक विकास दुवै ऐतिहासिक विज्ञान हुन् । समाज अघि बढ्दै जाँदा मान्छे वर्गीय रूपमा सचेत पनि हुँदै जान्छ र परिवारसमेतलाई आर्थिक एकाइ मात्र नमानेर राजनैतिक एकाइ पनि बनाउँदे जान्छ; किनभने सङ्ख्यामा बढी र शोषणमा बढी भएका सर्वहारा वर्गको हातमा राज्यसत्ता अवश्य कब्जा हुन्छ ।
भौतिकवादी विश्वदृष्टिकोण कुनै कल्पनामा आधारित हुँदैन । वस्तुगत अवस्था जस्तो छ, चेतनागत अवस्था पनि त्यस्तै बनाउनुपर्छ । ज्ञान, तर्कशास्त्र र सत्ताको विज्ञान—यिनै तीन चिजबाट मान्छेले सिक्ने काम गर्दछ । विश्वदृष्टिकोणका लागि अथवा निश्चित विषयमा जान्ने हुनका लागि विश्वास हुनुपर्छ । विश्वास पहिलो शर्त हो । विश्वास नभई जान्ने बुझ्ने हुन सकिन्न ।
सांस्कृतिक स्तर जहाँ छ, त्यसैअनुसारको दृष्टिकोण निर्माण भएको हुन्छ ।
आदर्शवादीले विश्वासलाई मुख्य प्राथमिक मान्दछन् । त्यसकारण विश्वास र निष्ठामा जोड दिन्छन् । तर भौतिकवादीले विश्वास मात्र होइन, विश्वासका साथ प्रमाण जुटाएर पुष्टि गर्छन् र पुष्टि गराउन माग गर्छन् । विश्वास पनि हुने र प्रमाण पनि जुट्ने दुवै नभएसम्म सही ज्ञान प्राप्त हुन सक्दैन भन्ने विश्वासका साथ दुवैका लागि काम गर्दछन् । आदर्शवादीसँग कुनै प्रमाण नहुने भएकाले संसारबारे जान्न बुझ्न सकिन्न भनेर उम्कन्छन् ।
विश्वदृष्टिकोण निर्माणमा सांस्कृतिक पक्षले पनि काम गर्दछ । मान्छेले बनाएका सम्पूर्ण वस्तुको एकमुष्ठ नाम संस्कृति हो । यसलाई मानवनिर्मित दोस्रो प्रकृति पनि भन्दछन् । सांस्कृतिक स्तर जहाँ छ, त्यसैअनुसारको दृष्टिकोण निर्माण भएको हुन्छ । सैद्धान्तिक ज्ञान र आत्मगत पक्षले पनि काम गरेका हुन्छन् । उत्पादन प्रणालीसँग विचारको सम्बन्ध हुन्छ । त्यसले विश्वदृष्टिकोण निर्माणमा योगदान गरेको हुन्छ । हामीले, गीत, नाच, भाषण, प्रशिक्षण आदिबाट विश्वदृष्टिकोण निर्माणमा सहयोग पुर्याउँछौँ । यी सबै सांस्कृतिक कार्यक्रम हुन् ।
हामीले दृष्टिकोणको पक्षलाई प्रमुख महत्त्व दिएर काम गर्नुपर्छ । आमूल परिवर्तन गर्ने भनेको पनि विश्वदृष्टिकोणमा नै हो ।
विश्वदृष्टिकोणअनुसार नै व्यक्तिको उद्देश्य, काम, कर्तव्य र अधिकार सबै प्रभावित हुने हुनाले हाम्रो मुख्य जोड विश्वदृष्टिकोण निर्माणमा र वर्तमान समाजको विश्वदृष्टिकोणमा आमूल परिवर्तन गरेपछि मात्र सर्वहाराकरणको काम भएको मानिन्छ ।
वर्तमान समाजमा पुँजीवादी विश्वदृष्टिकोण छ । त्यसलाई सर्वहारा विश्वदृष्टिकोण बनाएपछि मात्रै समाजवादको काम अघि बढ्छ ।
अहिलेको आवश्यकता भनेको क्रान्तिकारी विचार र सिद्धान्त बोकेका विशाल सङ्गठन हो । देशमा धेरै वटा सङ्गठन छन् । तर अवसरवादी स्वार्थ पूरा गर्ने उद्देश्य राखेर निर्माण गर्दै परिचालन गरिएका भएको हुनाले क्रान्तिकारी जिम्मा पूरा हुन सकेको छैन ।
सङ्गठन बनाउनुभन्दा अघि पहिलो प्राथमिकतासहित सिद्धान्त निश्चित हुनुपर्छ । सिद्धान्त निश्चित भएपछि दोस्रो महत्त्वको सर्त राजनीतिक लाइन हो । यिनी दुवै पक्ष निश्चित भएपछि तेस्रो पक्ष मात्र सङ्गठन हो । सङ्गठन निर्माणको काम तेस्रो प्राथमिकतामा परे पनि पार्टीको निर्णायक शक्ति सङ्गठन नै हो । त्यसैकारण आफ्नो उच्च महत्त्व देखाएर सत्ता र शक्तिमा पुग्न धेरै अवसरवादीले भ्रमपूर्ण तरिकाबाट सिद्धान्त र राजनीतिको वकालत गरेर सङ्गठनमा सामेल गराउँछन् । सिद्धान्त राजनीति गलत भएको सहभागीले थाहा पाइसक्ने अवस्थासम्ममा सत्तापक्षसँग सम्झौता गरेर अनुयायीलाई धोका दिने काम गर्दछन् ।
सम्पूर्ण रूपमा सर्वहारा विश्वदृष्टिकोण बन्न सक्दैन । त्यसो हुनाको कारण समाजको अत्यधिक धेरै सङ्ख्या निम्न पुँजीपति वर्गको छ ।
राजनीतिमा देश र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विचारको तत्त्व भएको हुन अत्यन्त महत्त्वपूर्ण काम हो । राजनीति अझै समाजवादी राजनीति गर्न सक्ने नेतृत्वदायी भूमिका खेल्न राजनीतिक पार्टी कम्युनिस्ट पार्टी नै चाहिन्छ । देशको जनतामध्ये श्रमजीवी जनताको अवस्था र विश्वव्यापी अनुभव र प्रयोग भएको रणनीति र कार्यनीति अवलम्बन गर्न सक्ने मात्र होइन, निश्चित उद्देश्य र विश्वदृष्टिकोण भएको नेतृत्वमा कम्युनस्टि पार्टी भए मात्र जनताको विश्वास जित्न सकिने, तर अवसरवादी पार्टीहरू सत्तासिन भएकाले जनतालाई राजनीतिप्रति आकषर्ण होइन, विकर्षणको स्थिति सृजना भएको छ । तर पनि सिद्धान्त, राजनीति र सङ्गठन तीन वटै पक्षको ख्याल नगरिकन त राजनीतिको निकास पनि छैन र राजनीति गर्नुको विकल्प अर्काे पनि छैन ।
सम्पूर्ण रूपमा सर्वहारा विश्वदृष्टिकोण बन्न सक्दैन । त्यसो हुनाको कारण समाजको अत्यधिक धेरै सङ्ख्या निम्न पुँजीपति वर्गको छ ।
हाम्रा आवश्यकताका वस्तुको वितरणका कारणले पनि कतै केही नभएको सचेत, सङ्गठित र अनुशासित सर्वहारा बन्न धेरै कठिन छ । पुख्र्याैली सम्पत्तिको अंश पाउने चलन एकातिर, दैनिक आवश्यकता पूरा गर्नका लागि अति आवश्यकताका वस्तुहरू व्यक्तिगत रूपमै जम्मा गर्नुपर्ने र जम्मा गर्न सकिने अर्काेतिर मात्र होइन, वर्तमान समाजमा परिवार आर्थिक एकाइ भएको कारणले पनि पूरै सर्वहारा बन्न/बनाउन सजिलो छैन । त्यसकारण सर्वहारालाई निम्न पुँजीपति वर्ग सँगसँगै सचेत, सङ्गठित र अनुशासित बनाउँदै सर्वहाराकरण गरेर सर्वहारा विश्वदृष्किोणको पक्षपाती बनाउन सक्नु पनि ठुलो उपलब्धि हुन्छ ।
आफ्नो पक्षमा सङ्गठित शक्ति निर्माण गर्न जनता र अझै श्रमजिवी जनतासँग एकाकार भई परिजीवी विरुद्ध सङ्गठित शक्ति प्रदर्शन गर्दै अगाडि बढ्न पनि माक्र्सवादी–लेनिनवादी दर्शनले सहयोग गर्ने हुनाले दर्शनलाई आफ्नो जीवनको गतिसँगै अघि बढाउने कोसिस पनि गर्दै जानुपर्दछ ।
सम्पूर्ण रूपमा सर्वहारावर्गीय विश्वदृष्टिकोण बन्न सक्दैन । निम्न पुँजीपति विश्वदृष्टिकोण सँगसँगै मिसिएको हुन्छ । त्यसैले भौतिक रूपमा सर्वहाराकरण बनाउनुभन्दा पहिले विश्वदृष्टिकोणमा आमूल परिवर्तन गरी वैचारिक हिसाबले सर्वहाराकरण गरे\गराएर मात्रै भौतिक रूपले पनि सर्वहाराकरणतिर अगाडि बढ्ने/बढाउने गराउनुपर्छ । त्यसका लागि दर्शनको अध्ययन–अध्यापन गर्नु\गराउनुपर्दछ ।
दर्शनको अध्ययन गर्नु भनेकै धर्म, परम्परा र काल्पनिक सोचाइको मातहतमा रहेर अन्याय, अत्याचार, शोषण, दमनलाई वैध ठहर्याउने कामको विपरीत विश्वास र प्रमाणको मात्र प्रयास अगाडि बढाउने हो । विश्वास लागेको विषयमा प्रमाण जुट्न नसक्ने भए अन्धभक्त वा अन्धविश्वासमा नरहने हुने हो । त्यसको अतिरिक्त आफ्नो पक्षमा सङ्गठित शक्ति निर्माण गर्न जनता र अझै श्रमजिवी जनतासँग एकाकार भई परिजीवी विरुद्ध सङ्गठित शक्ति प्रदर्शन गर्दै अगाडि बढ्न पनि माक्र्सवादी–लेनिनवादी दर्शनले सहयोग गर्ने हुनाले दर्शनलाई आफ्नो जीवनको गतिसँगै अघि बढाउने कोसिस पनि गर्दै जानुपर्दछ । त्यही हो– अध्ययन गर्ने, व्याख्या विश्लेषणलाई मात्रै होइन, बदल्नलाई हो भन्ने भनाइको सार्थकता ।