काठमाडौं । नवनियुक्त लुम्बिनी र गण्डकी प्रदेश प्रमुखले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ खुवाउनुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको थियो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि उपस्थित हुनुहुन्थ्यो ।
न्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ती दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले उहाँहरुलाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।