काठमाडौं । राष्ट्रिय जनमोर्चाले शनिबार (कार्तिक ३० गते) ‘गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि खतरा’ विषयक अन्तरक्रियात्मक गोष्ठिको आयोजना गर्ने भएको छ ।
Advertisement
काठमाडौंको कमलादीस्थित सि.डब्लु. रेष्टुरेन्टमा आयोजना हुने गोष्ठिमा अध्यक्ष चित्रबहादुर केसीले आधार पत्र प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रममा उपस्थित हुन राजनीति दल तथा जनवर्गीय संगठनका नेता, बुद्धिजीवी, पत्रकार र राष्ट्रियतासम्बन्धी अभियन्तासँग राजमोले अपिल गरेको छ । गोष्ठि दिउँसो १ बजे सुरु हुनेछ ।