• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

आव २०७७/७८ मा डेढ खर्ब लगानीका स्वदेशी उद्योग दर्ता


  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

    Advertisement

    आर्थिक वर्ष २०७७÷७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

    कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा रु एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

    यस्तै, पूर्वाधारका दुई उद्योगमा रु एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा रु १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा रु १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा रु पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

    घट्यो उद्योग दर्ता

    कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अघिल्लो आवमा मा रु एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

    घट्यो विदेशी लगानी प्रतिबद्धता

    कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको सङ्ख्यामासमेत कमी आएको हो ।

    अघिल्लो आवको तुलनामा गत आवमा ४० उद्योग कमी हुनाका साथै रु पाँच अर्ब ७८ करोड बराबरकको लगानी लगानी घटेको हो। अघिल्लो आवमा २२३ उद्योगका लागि रु ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ उद्योगका लागि रु ३२ अर्ब दुई करोड बराबरको मात्र प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    कुन उद्योगमा कति प्रतिबद्धता

    गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १०१ उद्योगका लागि रु १८ अर्ब ३१ करोड बराबरको प्रतिबद्धता आएकोे हो ।

    यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि रु ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि रु एक अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि रु दुई अर्ब ९५ करोड, १९उत्पादनमूलक उद्योगका लागि रु दुई अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि रु पाँच अर्ब ९८ करोड बराबरको प्रतिबद्धता आएको हो ।

    उक्त लगानी प्रतिबद्धतासँगै पाँच हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ ।

    नयाँ व्यवस्थानुसार रु पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम रु पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भए पनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
    क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा
    तनहुँ आयोजनाका चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
    टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै
    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    तातोपानी नाका तीन दिन खुल्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.