• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालमा विदेशी लगानी : भारतलाई उछिन्दै चीन अग्रस्थानमा


  •   शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । वैदेशिक लगानीमा हालसम्म भारत अग्रस्थानमा रहेकोमा अब चीन अग्रस्थानमा पुगेको छ ।

    Advertisement

    उद्योग विभागका अनुसार भारतलाई समेत पछि पार्दै आर्थिक वर्ष २०७७÷७८ मा कुल २२ अर्ब ५० करोड २० लाख रुपैयाँ चिनियाँ लगानी नेपाल भित्रिएको छ । जबकि गत वर्ष भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र वैदेशिक लगानी भित्रिएको थियो । त्यसो त यो भन्दा अघिल्लो वर्षमा समेत भारतलाई पछि पार्दै चीनले नै अधिकतम २५ अर्ब ६५ करोडमाथिको लगानी नेपाल भित्राएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । यस्तो लगानी मुलुकको उद्योग, व्यापार, कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मुलुकबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको भित्रिएको हो ।

    गत वर्षमा सिङ्गापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्यान्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्यान्ड्सबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ ।

    तर, तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७÷७८ मा अधिकांश मुलुकबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।

    ५ प्रतिशतले घट्यो वैदेशिक लगानी
    समग्रमा आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को कुल वैदेशिक लगानी अधिकतम १५.३० प्रतिशतको घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिरहँदा गत आर्थिक वर्षको अन्तसम्मका जम्मा ३२ अर्ब २ करोड मात्र भित्रियो, अर्थात् अघिल्लो वर्षको तुलनामा यो ५ अर्ब ७८ करोड माथिको कमी हो ।

    होटल तथा पर्यटनमा आकर्षण
    वैदेशिक लगानीको मुख्य आकर्षणको क्षेत्र मुलुकको होटल तथा पर्यटन क्षेत्र देखिएको छ । विभागका अनुसार आर्थिक वर्षको कुल ३२ अर्ब २ करोड वैदेशिक लगानीमध्ये अधिकतम १८ अर्ब ३१ करोड माथिको लगानी होटल तथा पर्यटन क्षेत्रमा आएको छ ।

    वर्षभरि आएको लगानीमध्ये अधिकतम दुई हजार ७१४ जनालाई रोजगारी दिनेसमेत उल्लेख गर्दै १०१ पर्यटन परियोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको विभागले जनाएको छ ।

    यस्तै, उद्योग क्षेत्रमा १९ वटा प्रोजेक्टका लागि २ अर्ब ६८ करोड, कृषि तथा वन पैदावार क्षेत्रको ३ वटा प्रोजेक्टका लागि ५ करोड २९ लाख, ऊर्जा क्षेत्रमा ४ वटा प्रोजेक्टका लागि १ अर्ब ५४ करोड, सूचना तथा प्रविधि क्षेत्रको १५ वटा प्रोजेक्टका लागि २ अर्ब ९५ करोड र सेवा क्षेत्रमा अधिकतम ४१ वटा प्रोजेक्टका लागि ५ अर्ब ९८ करोड माथिको वैदेशिक लगानी आएको विभागले जनाएको छ ।

    शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.