• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

नेपालमा विदेशी लगानी : भारतलाई उछिन्दै चीन अग्रस्थानमा


  •   शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । वैदेशिक लगानीमा हालसम्म भारत अग्रस्थानमा रहेकोमा अब चीन अग्रस्थानमा पुगेको छ ।

    Advertisement

    उद्योग विभागका अनुसार भारतलाई समेत पछि पार्दै आर्थिक वर्ष २०७७÷७८ मा कुल २२ अर्ब ५० करोड २० लाख रुपैयाँ चिनियाँ लगानी नेपाल भित्रिएको छ । जबकि गत वर्ष भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र वैदेशिक लगानी भित्रिएको थियो । त्यसो त यो भन्दा अघिल्लो वर्षमा समेत भारतलाई पछि पार्दै चीनले नै अधिकतम २५ अर्ब ६५ करोडमाथिको लगानी नेपाल भित्राएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । यस्तो लगानी मुलुकको उद्योग, व्यापार, कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मुलुकबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको भित्रिएको हो ।

    गत वर्षमा सिङ्गापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्यान्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्यान्ड्सबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ ।

    तर, तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७÷७८ मा अधिकांश मुलुकबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।

    ५ प्रतिशतले घट्यो वैदेशिक लगानी
    समग्रमा आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को कुल वैदेशिक लगानी अधिकतम १५.३० प्रतिशतको घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिरहँदा गत आर्थिक वर्षको अन्तसम्मका जम्मा ३२ अर्ब २ करोड मात्र भित्रियो, अर्थात् अघिल्लो वर्षको तुलनामा यो ५ अर्ब ७८ करोड माथिको कमी हो ।

    होटल तथा पर्यटनमा आकर्षण
    वैदेशिक लगानीको मुख्य आकर्षणको क्षेत्र मुलुकको होटल तथा पर्यटन क्षेत्र देखिएको छ । विभागका अनुसार आर्थिक वर्षको कुल ३२ अर्ब २ करोड वैदेशिक लगानीमध्ये अधिकतम १८ अर्ब ३१ करोड माथिको लगानी होटल तथा पर्यटन क्षेत्रमा आएको छ ।

    वर्षभरि आएको लगानीमध्ये अधिकतम दुई हजार ७१४ जनालाई रोजगारी दिनेसमेत उल्लेख गर्दै १०१ पर्यटन परियोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको विभागले जनाएको छ ।

    यस्तै, उद्योग क्षेत्रमा १९ वटा प्रोजेक्टका लागि २ अर्ब ६८ करोड, कृषि तथा वन पैदावार क्षेत्रको ३ वटा प्रोजेक्टका लागि ५ करोड २९ लाख, ऊर्जा क्षेत्रमा ४ वटा प्रोजेक्टका लागि १ अर्ब ५४ करोड, सूचना तथा प्रविधि क्षेत्रको १५ वटा प्रोजेक्टका लागि २ अर्ब ९५ करोड र सेवा क्षेत्रमा अधिकतम ४१ वटा प्रोजेक्टका लागि ५ अर्ब ९८ करोड माथिको वैदेशिक लगानी आएको विभागले जनाएको छ ।

    शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
    क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा
    तनहुँ आयोजनाका चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
    टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै
    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    तातोपानी नाका तीन दिन खुल्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.