काठमाडौं । नेपाली सेनाले आफ्नो सांगठनिक पुनर्संरचना गरेको छ । सेनाले आजदेखि ८ वटा पृतना खारेज गर्दै ४ वटा कमाण्डमा सञ्चालन हुन थालेको छ ।
Advertisement

शुक्रबार जंगी अड्डामा एक समारोहकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गर्नुभयो । त्यसक्रममा प्रधानसेनापति थापाले सेनाको संगठन समानुकुल परिमार्जन गर्न नयाँ संरचनामा लगिएको जानकारी दिनुभयो ।

गत असार २४ गतेको मन्त्रिपरिषदले नेपाली सेनाको सांगठनिक पुनर्संरचना स्वीकृत गरेको थियो । त्यसलाई सेनाले नयाँ आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताउनुभयो ।

बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्डा स्थित विभिन्न कार्यालयका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।