• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओली शासनले सिकाएको पाठ


  •   शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने

    Advertisement

    नेपालमा चुनावी जनमतको हिसाबले विस. २०१५ सालमा विश्वेस्वर प्रशाद कोईरालापछि सबैभन्दा धेरै जनमत विस. २०७४ मा नेकपा र केपी शर्मा ओलीको पक्षमा थियो । सुरुमा ओलीका केही कामहरू आशालाग्दा पनि थिए । १४ वर्ष सम्मको जेल जीवन, २०७२ को संविधान घोषणापछि भारतीय नाकाबन्दी विरुद्धको अडान, चीनसँगको पारवहन सम्झौता, नेपालको अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा प्रकाशन, सिके राउत र विप्लव समूहसँग वार्ता आदी ।

    नेपालको वामपन्थी राजनीतिको लागि २०७४ सालको चुनावी जनमत हालसम्म कै उच्च थियो। माओवादी र एमालेको लामो विरासत, चार-चार जना पूर्वप्रधानमन्त्री र कैयन् पटक मन्त्रीको अनुभव सँगालेका नेताहरू पनि यसमा समाहित थिए । राष्ट्रपति, उपराष्ट्रपति, ७ मध्य ६ प्रदेशमा र अधिकांश स्थानीय तहमा नेकपाले विजय प्राप्त गरेको थियो । सिंगो देश नै एक प्रकारले नेकपामय भएको थियो ।

    नेपालमा अधिकांश वामन्थी दल र ती दलका नेता कार्यकर्ता चुनावी जनमतद्वारा समाजवाद हुँदै साम्यवादी शासन प्रणालीमा जान सकिन्छ भन्ने विश्वास राख्छन् । एमाले र माओवादीका नेता/कार्यकर्ताहरू इतिहासको कुनै कालखण्डमा उग्र वामपन्थी राजनीतिक आन्दोलनबाट असफल भएपछि सिद्धान्तलाई नै संशोधन गरेर संसदीय राजनीतिमा भासिएका हुन् । चुनाव जितेरै समाजवाद स्थापना गर्न सकिन्छ भन्ने उनीहरू ठान्छन् । २०७४ को चुनावी नतिजासँगै उनीहरूलाई यो विश्वास थियो कि अब नेपालमा अत्यधिक मतसहित चुनावी बाटोबाट साम्यवादी शासनको आरम्भ हुनेछ । संविधानमा एक शब्दमा मात्र उल्लेख गरिएको समाजवादको विस्तृत व्याख्या र त्यसको आधार तयार हुनेछ ।

    चिनियाँ कम्युनिष्ट पार्टीले जस्तै नेपालमा पनि नेकपाको सरकारले कैयन् चुनाव जित्दै भविष्यमा शासन सत्तामा बसेरै सय वर्षगाँठ मनाउन पाउने उनीहरूको विश्वास थियो । यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीसँग निरन्तर सम्पर्क, वैठक, प्रशिक्षण र भाइचारा सम्बन्ध स्थापित गर्दै र सहयोग आदान प्रदान पनि चलिरहेको थियो । चिनियाँहरू पनि नेपालमा नेकपाको सरकारको निरन्तरताको लागि लगातार खटिरहेका थिए ।

    तर, चुनाव जित्नु भनेको जसरी पनि शासन गर्नु होइन । शासनलाई विधिमा चलाउनु पनि हो । व्यक्ति भन्दा पार्टी र पार्टी भन्दा देश माथि हुन्छ । पार्टीले सरकारलाई दिशा निर्देश गर्ने हो । पार्टीमा सामूहिक निर्णय प्रणाली हुन्छ । सामूहिक निर्णय प्रणालीले मतभेद र समस्या माथि अध्ययन विश्लेषण गर्छ । सामूहिक निर्णय र त्यसबाट काममा अपनत्व राख्दछ । एउटा अनुशासित नेताले अफ्नो व्यक्तिगत उचाइको लागि भन्दा पार्टीको विचार, देश र जनताको लागि काम गर्ने गर्दछ ।

    ओलीको दुई तिहाई नजिकको सरकार पतन हुनुको कारण ओली र उनको पार्टी भित्र नै खोज्नु पर्दछ । बाह्य कारण त सहायक कारण मात्र हुन् । उनको व्यक्तिगत अहम तथा दम्भपूर्ण कार्यशैली, ओली आबद्ध पार्टीले अपनाउने गरेको अवसरवादी राजनैतिक विचारधारा, पार्टी पद्धति नै यसको मूल कारण हो ।

    तर, प्रधानमन्त्री केपी ओली र उनको समूहले देशमा जे जति जनमत र स्थानमा विजय प्राप्त गरेको छ त्यो सबै ओली कै देन हो भन्ने भ्रामक मान्यता राख्दछन् । स्थापित मान्यता, सामूहिक निर्णय, विधि पद्धतिको विकास गर्नुको सट्टा ओलीको बोली नै विचार, सिद्धान्त ,पार्टी र सरकारको निर्णय हुँदै गयो । उनले सत्ताको उन्मादमा आफू बाहेक कसैलाई देखेनन् । उनी विस्तारै विस्तारै देशको संविधान, नियम, कानुन र आफ्नै पार्टीको विधि पद्धति भत्काउँदै एक निरंकुश र अहंकारी शासकको रुपमा देखा परे । जनताद्वारा चुनी पठाएको प्रतिनिधि सभाको दुई दुई पटक घाँटी निमोठ्दै २०७७ पुस ५ गते र ०७८ जेठ ८ गते प्रतिनिधि सभा भंग गरे । कोरोना महामारीको समयमा ओली सरकार कै आयोजनामा देशका ठूला शहरहरूमा दसौँ हजार मानिसको संख्यामा विशाल आमसभा आयोजना गरेर देश, जनता, अदालत र विपक्षलाई धम्काउने काम गरियो । अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी उनको निर्णय बदर गर्दा पनि अदालतको अपहेलना गर्दै उनले नैतिक रुपमा राजीनामा दिन आवश्यक ठानेनन् । उनको मनपरि र स्वेच्छिक तन्त्रमा संविधानको अपव्याख्या गर्दै संविधानमा सरकार बनाउने हरेक वैकल्पिक धाराहरुमा उनले आफूलाई मात्र नै विकल्पको रुपमा पेश गरिरहे । उनको विचारमा सायद ओलीको विकल्प ओली नै हुने गर्दछ ।

    ओलीले आफ्नो सत्तालाई निरन्तर टिकाउन राष्ट्रपति पदको अवमूल्यन र दुरुपयोग गर्दै अध्यादेशको भरमा शासन सञ्चालन गर्ने प्रयास गरे । भारतीय गुप्तचर संस्थासँग शंकास्पद सम्बन्ध र भारतीय आप्रवासीहरूलाई वंशजको नागरिकता दिने व्यवस्था गरे । सरकारकै पहलमा बालुवाटारबाट ठोरीसम्म राम सीता राजकीय धार्मिक यात्राका साथै पशुपतिमा करोडौंको जलहारी अर्पण गरे । संवैधानिक समितिको अपव्याख्या, संविधान संशोधन मार्फत तराई विखण्डन गर्न चाहने राजेन्द्र महतो, महन्थ ठाकुरसँग सहमति र सहकार्य अगाडि बढाए । आफ्नै पार्टीभित्र विग्रह र छिन्न भिन्नको अवस्था बनाए ।

    कम्यूनिस्ट विचारधारा र सोअनुकुलको राज्य व्यवस्थाको लागि  जनाधार र चुनावी भोट मात्र भएर पुग्दैन । पार्टीको सिद्धान्त, वैचारिक पक्ष, सांगठनिक शैली, कार्यपद्धतिबारे पनि उत्तिकै ध्यान दिनु आवश्यक छ ।

    हरेक घटना–परिघटनामा आन्तरिक पक्ष प्रमुख हुन्छ । ओलीको दुई तिहाई नजिकको सरकार पतन हुनुको कारण ओली र उनको पार्टी भित्र नै खोज्नु पर्दछ । बाह्य कारण त सहायक कारण मात्र हुन् । उनको व्यक्तिगत अहम तथा दम्भपूर्ण कार्यशैली, ओली आबद्ध पार्टीले अपनाउने गरेको अवसरवादी राजनैतिक विचारधारा, पार्टी पद्धति नै यसको मूल कारण हो । यसबारे नेकपा (मसाल) ले वामपन्थीहरूको सरकारको निरन्तरका लागि ओलीको स्वेच्छाचारी कार्यशैली बदल्न पटक पटक ध्यानाकर्षण गराइरहेको थियो ।

    मार्क्सवादी लेनिनवनदी क्रान्तिकारी विचारधारा अनुसार शक्तिको प्रयोगबाट समाजको रूपान्तरणको सट्टा शान्तिपूर्वक तरिकाले चुनावी जनमतद्वारा नै सहजै साम्यवादी शासन प्रणालीमा जान सकिने कुरा सर्वप्रथम जर्मनीका बर्नस्टिनले संशोधनवादी मान्यताको सैद्धान्तिक व्याख्या गरेका थिए । त्यतिबेला नै क्रान्तिकारीहरूले त्यस विचारको तीब्र खण्डन गरेका थिए । मदन भण्डारी नेपाली वामपन्थी राजनीतिमा बर्नस्टिनका पहिलो नेपाली अनुवादक र व्याख्याता मानिन्छन् । विस. २०५२ देखि माओवादीद्वारा संचालित ‘जनयुद्ध’ को नयाँ जनवादी क्रान्तिको नारा सफल हुन नसकेपछि माओवादी पक्ष पनि २०६० देखी नै बर्नस्टिनको शान्तिपूर्ण संक्रमणको सिद्धान्तमा रूपान्तरित भइरहेको थियो ।

    ओली मात्र नभएर एमाले र माओवादी पार्टीको अवसरवादी विचार श्रृंखला र अराजतावादी संगठनात्मक पद्धति पनि सरकार पतनको अर्को मूख्य कारण हो । एउटा अवसरवादी विचारधारा अपनाउने पार्टिभित्र विभिन्न प्रकृतिका छद्मचरित्रका नेताहरूको उदय र अस्त भइरहने प्रक्रिया हो । यदि हामी कम्यूनिस्ट विचारधारा र सोअनुकुलको राज्य व्यवस्थाको लागि राजनीति गर्छौं भने जनाधार र चुनावी भोट मात्र भएर पुग्दैन । पार्टीको सिद्धान्त, वैचारिक पक्ष, सांगठनिक शैली, कार्यपद्धतिबारे पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । यस्ता महत्वपूर्ण पक्षमाथि ध्यान नदिनुको कारणले गर्दा नै दुइ तिहाई नजिकको नेकपाको वामपन्थी सरकार अब इतिहासको पानामा सिमित भएको छ ।

    (लेखक नेकपा (मसाल) प्युठानका प्रवक्ता हुनुहुन्छ ।)

    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.