• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीको दाउ : माधव नेपाललाई अल्झाएर फैसला प्रभावित पार्ने, विपक्षी गठबन्धनमा शंका उत्पन्न गराउने


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैले एक अर्कालाई कमजोर पार्ने रणनीति अन्तर्गत भेटवार्ता गरेका छन् । केही समयदेखि भेटघाट गर्नसमेत अस्वीकार गर्दै आएका नेताहरुले हिजो (बुधबार) होटल मेरियटमा लामो छलफल गरेका छन् ।

    Advertisement

    एमालेलाई एकतावद्ध पार्न छलफल गरिएको भनिएपनि दुवै नेताहरुको जोड एक अर्कालाई कसरी कमजोर पार्न सकिन्छ भन्ने रणनीति अन्तर्गत भएको देखिन्छ ।

    प्रधानमन्त्री ओलीले अब संसद पुनर्स्थापना हुने आकलनसहित त्यो अवस्थामा समेत आफै प्रधानमन्त्री बन्ने र विपक्षी पाँच दलीय गठबन्धनमा आशंका उत्पन्न गराउने रणनीति अन्तर्गत काम गरेको देखिन्छ भने नेपालले ओलीबाट ‘पावर सेयरिङ’ गरेर ओलीलाई कमजोर पार्न खोजेको स्पष्ट छ ।

    २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा भएको हस्ताक्षरलाई फिर्ता गराउने ओलीको प्रयास छ । यसले अदालतको फैसला समेत प्रभावित हुन सक्छ । प्रतिनिधि सभा पुनःस्थापना भएमा ओली आफै प्रधानमन्त्री बन्ने अवस्था सृजना हुन सक्छ ।

    ओली सहमतिको प्रयासमार्फत् आफूले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेको देखाउन खोज्नुभएको छ । उहाँले यो संवादमार्फत् माधव नेपालप्रति विपक्षी गठबन्धनका शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमा आशंका जन्माउने वातावरण विकास गर्न खोजेको देखिन्छ ।

    सहमतिका लागि ओलीले पार्टी कमिटीमा गएर जे निर्णय हुन्छ त्यसैमा जानुपर्ने प्रस्ताव राखेको बुझिएको छ । नेपालले माग गरे अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई लगिएको र नवौं महाधिवेशनको पदाधिकारी पनि यथावत् राखिएकोले अब यसैबाट अगाडि बढ्न प्रस्ताव गर्नुभएको छ । तर, नेपालले विगतको गल्ती सच्याउने देखि सहमतिका जानुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल पक्षले संसद पुनःस्थापना भएमा २३ सांसद मध्ये १५ प्रत्यक्ष निर्वाचितलाई कारबाही गरेर सांसद पद रिक्त गरिदिने, ८ समानुपातिकलाई हटाएर आफूपक्षीय ल्याएर १२१ मध्येबाट १०६ बनाएर जसपाको महन्थ ठाकुर पक्षलाई साथमा लिएर फेरि बहुमतको सरकार बनाउन ओली बढेको हुनसक्नेतर्फ गम्भीरता देखाएको छ ।

    एमालेबाट १५ सांसदमाथि कारबाही भएमा प्रतिनिधि सभामा २५२ सांसद रहन्छन् । त्यतिबेला बहुमतका लागि १२७ आवश्यक पर्छ । ओलीले एमालेबाट १०६ बनाउन सके जसपाबाट २१ को साथ लिएर बहुमतको प्रधानमन्त्री बन्ने रणनीति बनाएकोतर्फ समेत विपक्षी गठबन्धनमा चर्चा चलेको छ । यसैतर्फ ओली बढेर माधव नेपालसँगको संवादलाई रणनीतिक चालका रुपमा प्रयोग गरेको विश्लेषण विपक्षी गठबन्धनमा भइरहेको छ ।

    नेपालले ओलीको यो चाललाई विफल बनाउने गरी तयारी गर्नुभएको छ । २८ असारका लागि तोकिएको प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको फैसला अगाडि कुनै सहमति नगर्ने र त्यसपछि अवस्था हेरेर रणनीति बनाउने तयारी नेपाल देखिनुभएको छ ।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.