• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

उद्योग व्यापार संघले राख्यो सरकारसित आठ बुँदे माग


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले सरकारसामु आठ बुँदे माग राखेको छ ।

    Advertisement

    उद्योग व्यापार सङ्घले कोरोना महामारीको समयमा घरबहाल, कर, ब्याज र किस्तामा छुट, कोरोना पीडितका लागि राहत प्याकेज, सङ्घीयता खारेज गरी त्यसको बजेट कोभिडमा खर्च, कोरोना भ्याक्सिनको निःशुल्क उपलब्धता, कोरोनाका कारण धरासायी भएको अर्थतन्त्र उकास्न कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणको व्यवस्थालगायतका माग सरकारसामु राखेको हो ।

    उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्माले २०७८ असार २३ गते जारी गर्नुभएको प्रेसवक्तव्यमा ती माग राखिएका छन् ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
    “कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरसम्म पुगिसकेको अवस्था छ । कोभिडको दोस्रो भेरियन्टले समाजमा भय र आतङ्क छ । कोभिडका कारण देशका होनाहार युवाहरूले ज्यान गुमाइसकेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक यसको सिकार बनिसकेका छन् । उद्योग–व्यवसाय ठप्प छ । यातायातका साधनलगायत आवागमन बन्द गराइएको छ ।

    निषेधाज्ञाका कारण आम्दानीको स्रोत शून्य छ भने महङ्गीले सीमा नाघेको अवस्था छ । सामान्यतः खर्च धान्ने हैसियत पनि गुम्दै गएको स्थिति छ भने अब आफ्ना उद्योग–व्यावसायको भविष्य के हुने ? राज्यको यसमा के कस्तो भूमिका रहने आदि यस्तै भ्रम, अनि अन्यौलताको भुमरीमा व्यवसायी तड्पिइरहेका छन् भने अर्कोतिर, घरबहाल बुझाउनुपर्ने चिन्ता छ । बैङ्क ब्याज र किस्ता अनि कर कहाँबाट कसरी बुझाउने ? आफ्नो पेसा–व्यवसायको भविष्य के हुने भन्ने चिन्तैचिन्ताले अधिकांश व्यवसायी डिप्रेसनमा छन् भने यी सबै मार खेप्न नसकेर कतिपय व्यवसायीले आत्महत्यासम्म गरेको खबर पनि सुन्नमा आएको अवस्था छ ।

    झन् दिन–प्रतिदिन कोरोनाको महामारी भयावह बन्दै गएको छ । पुनः तेस्रो भेरियन्ट आउन सक्ने भयले मानिस त्रासमा छन भने अर्कोतिर, लाखौँ श्रमशक्ति विदेशबाट रोजगारी गुमाएर रित्तो हात देशमा भित्रिसकेका छन् । रेमिट्यान्स घट्दो अवस्थामा छ । देशको अर्थतन्त्र धरासायी भएको छ । आन्तरिक रोजगारी पनि गुमेको अवस्था छ । यसको निकास कृषि क्षेत्रमा खोज्नुपर्दछ । कृषिक्षेत्रमा लाखौँको रोजगारी सृजना गर्न सकिन्छ ।

    राज्य यसमा गम्भीर भएर लाग्न सक्नुपर्दछ ।उद्योग, व्यापार–व्यवसाय अर्थतन्त्रका मेरुदण्ड भएकोले व्यवसायीको रक्षा गर्नु राज्यको कर्तव्य हो । तर उद्योगी व्यवसायी र कोरोना पीडित आम जनताका सम्पूर्ण माग पूरा गर्न र गराउनका लागि राज्यले उदासिनता मात्र देखाएको छैन, कोरोनाको पीडामा खेल्ने काम गरेको छ । कोरोनाको सङ्क्रमण कसरी नियन्त्रण गर्ने ? पीडितलाई तत्कालै कसरी राहत उपलब्ध गराउन सकिन्छ भन्नेमा ध्यान छैन, बरु सत्ता कसरी जोगाउने भन्ने खेलमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

    देशको अर्थतन्त्र मजबुत गराउन स्थिर सरकार आवश्यता हुन्छ । तर प्रतिगमनकारी ओलीले उल्टै संसद विघटन गरेर देशमा अस्थिरता ल्याएका छन् । जनतालाई आहत गराएका छन् । सजिलै उपलब्ध हुन सक्ने कोरोना भ्याक्सिन खरिद नगरेर नागरिकप्रति गैरजिम्मेवार बनेको छ । समाजवादउन्मुख नीति अपनाएको भनेको यो सरकार “धमिलो पानीमा माछा मार्ने” काम गर्दै छ । चारैतिर भ्रष्टाचारै भ्रष्टाचार छ । यतिसम्म कि कोभिडका लागि आएका स्वास्थ्य सामग्रीमा समेत ठुलो भ्रष्टाचार छ ।यतिसम्म कि कात्रो र लासमा समेत भ्राष्टाचार पाइएको छ ।

    अब केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले विलम्ब नगरी परिस्थतिलाई काबुमा लिनका लागि एकातिर, कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने छ भने अर्कोतिर, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित किसिमले आआफ्ना पेसा–व्यवसाय सञ्चालनमा ल्याउनुपर्ने बाध्यात्मक अवस्थाछ । यी सबै पक्षलाई ध्यान दिँदै तत्काल निम्ननुसारका माग पूरा गर्नका लागि सम्बन्धित पक्ष र सरकारसँग अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ केन्द्रीय समिति जोडदार माग गर्दछ ।

    १. कोरोनाको असर सामान्य नबन्दासम्म बुझाई आएको घरबहालमा न्यायोचित छुट गराउनुपर्ने ।

    २. स्थिति सामान्य नबन्दासम्म घरबहाल कर मिनाह गर्नुपर्ने ।

    ३. राज्यले लिने विभिन्न खाले कर मिनाह गर्नुपर्ने ।

    ४. कोभिडबाट उत्पन्न परिस्थिति सामान्य नबन्दासम्मको लागि बैङ्क ब्याजमा छुट र किस्तालाई पछि सार्नुपर्ने ।

    ५. उद्योगी–व्यवसायी र आम कोरोना पीडित जनसमुदायका लागि राज्यले राहत प्याकेज ल्याउनुपर्ने ।

    ६. धरासायी भएको अर्थतन्त्र उकास्न र लाखाँैको रोजगारी सृजना गर्न कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणको व्यवस्था राज्यले लिनुपर्ने ।

    ७. प्रदेशको संरचना सम्पूर्ण रूपमा खारेज गरी त्यो बजेट कोरोनाको नियन्त्रण र राहत कार्यमा लगाउनुपर्ने ।

    ८. कोरोनाको भ्याक्सिन तुरुन्त खरिद गरी नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने ।”

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.