• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमालेमा हस्ताक्षर फिर्ता गराउने दबाब र नगर्ने अडानबीच रस्साकस्सी


  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । नेपाललाई सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन एमाले अध्यक्ष ओली पक्षले अल्टिमेटम दिएको थियो ।

    Advertisement

    शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका सांसदलाई सोमबारभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिनुका साथै सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नभए उनीहरू एमाले नेता नरहने चेतावनी दिनुभएको थियो ।

    तर, नेपाल पक्षले ओलीको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । शनिबार नेपाल पक्षका सांसदहरुको छलफलमा हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निकालेका हुन् । अवैधानिक कमिटीले दिएको अल्टिमेटमको अर्थ नहुने र संविधान, लोकतन्त्र र संसद् बचाउन गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरिएको एक सांसदले बताए।

    नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ता गराउन आइतबार पनि एमाले नेताहरु दौडधुपमै छन् । आइतबार बिहानै ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङलगायतले नेता नेपाललाई भेटेरै पार्टी एकताका लागि हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर नेपालले अदालती प्रक्रियामा गइसकेको हस्ताक्षर फिर्ता नहुने बताउनु भएको स्रोतले जनाएको छ ।

    नेपाली कांग्रेसका सभापति देउवाले एमालेको माधव नेपाल पक्षका समेत बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफ्ना पक्षमा रहेको भन्दै संसदीय दलको पत्र देखाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गरी प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यराति संसदै विघटन गर्नभएको थियो ।

    यसविरुद्ध देउवासमेत १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन हालेका छन् । जसमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गरिएको छ । त्यस निवेदनमा माधव नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन् । अहिले उक्त मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी छ।

    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.