काठमाडौँ । बागमती प्रदेशसभाका सांसद नरोत्तम बैद्य “नाथुराम गोड्से” ले आफूले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएका छन् ।
२०७८ जेठ २९ गते प्रेसविज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्तिलाई आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको महसुस गर्दै ती शब्द फिर्ता लिएका हुन् ।
उनले भनेका छन्– “बागमती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८।०२।२८ गते मैले संसदको रोस्टममा उभिएर आÇनो प्रतिक्रिया दिने क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति लषित गर्दैै मबाट प्रयोग भएको केही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको मैले महसुस गरेको छु ।”
“सम्माननीय प्रधानमन्त्रीमाथि मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दल नेपाली काङ्ग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा विभिन्न सामाजिक सञ्जालमा उपलब्ध भिडियो हेर्दा कूटनीति र संसदीय मर्यादा विपरति रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भनने कुरालाई आत्मसात गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरू राजनीतिक दलहरूलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता दिँदै रेकडबाट हटाउन माननीय सभामुखसमक्ष अनुरोध गरेको जानकारी गराउँछु” उनले बेलिविस्तार लगाएका छन् ।

र, यो पनि
जब प्रदेश सांसदले भनेः ‘नाथुराम गोड्से बन्न तयार छु….’