काठमाडौँ । जनता–समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
Advertisement
बहुमत कार्यकारिणी सदस्यसहितको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।
जसपा नेता इस्तियाक राईले भने– ‘पार्टीसदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौँ ।
जसपामा ओली सरकारमा सामेल हुने वा त्यसको विरुद्धमा आन्दोलन गर्ने विषयमा चर्को विवाद बढिरहेका बेला यो निर्णय बाहिर आएको छ । फुटको सङ्घारमा पुगेको जसपाको ठाकुर–महतो पक्षले यसको प्रतिवादमा कस्तो कदम उठाउँछ ? त्यो भने हेर्न बाँकी छ ।
