• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि तीन मतदान केन्द्र तोकियो


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीन वटा मतदान केन्द्र तोकिएको छ । २०७८ जेठ १७ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने छ ।

    Advertisement

    तीन वटा मतदान केन्द्रअन्तर्गत एउटा केन्द्र (क) मा प्रदेशसभा सदस्य, केन्द्र (ख) मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपादक्ष्य, र केन्द्र (ग) मा कोरोना सङ्क्रमितले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । साथै प्रत्येक मतदान केन्द्रमा दुईदुई जना स्वास्थ्यकर्मी खटाउने व्यवस्था गरिएको कुँवरको भनाइ छ । एउटा मतदान केन्द्रमा ११ जना कर्मचारी खटिने छन् ।

    मतदानका लागि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएकाले हरेक जिल्लामा रहेको स्वास्थ्य कार्यालयले पिसिआर परीक्षण गर्ने जिम्मा पाएका थिए । सोहीअनुसार शुक्रबार दाङका जनप्रतिनिधि, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचनमा खटिने सबै जनाको कोरोना परीक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर नमुना सङ्कलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको र त्यसको नतिजा आउन एकदुई दिन लाग्ने बताउनुभयो ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको र चुनावचिह्नसमेत प्रदान गरिसकेकाले अब मतदान केन्द्रमा आवश्यक संरचना निर्माण गर्ने र आवश्यक कर्मचारीको छनोट हुने उहाँको भनाइ छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रूपमा देउखुरी जिल्ला अदालतका न्यायाधीस रितेन्द्र थापा र सहायक मतदान अधिकृतमा निर्वाचन कार्यालयका निमित्त प्रमुख नीमराज भट्टराईलाई तोकिएको छ ।

    उपनिर्वाचनमा जनता–समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री सन्तोषकुमार पान्डे, कल्पना पान्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले मतदान दिन पाउने छैनन् । ८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारबाही गरेका चार जना, माओवादी–केन्द्रले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको छ ।

    यही जेठ १७ गते हुने निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम रहेको छ ।

    सर्वोच्चले जेठ ३ गते उहाँहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

    लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा (एमाले) का ९१, नेपाली काङ्ग्रेसका ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् ।

    प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय १७ गरी जम्मा दुई सय ९६ जना मतदाता रहेका छन् ।

    राष्ट्रियसभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो । यसपाली नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र गठबन्धनबाट दीर्घनारायण पान्डेलाई उम्मेदवार बनाइएको छ । गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता–समाजवादी पार्टी (उपेन्द्र समूह) को समर्थन छ । विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सचिवालयले निर्वाचन आयोगलमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.