• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाललाई सिक्किम बनाउन भारतले सिमानामा प्रसुतिगृह बनाइरहेको छ : केसी


  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाललाई सिक्किम बनाउन सिमानामा प्रसुतिगृह बनाइरहेको दावी गर्नुभएको छ ।

    Advertisement

    नेपाललाई जनसाङ्ख्यिक आक्रमणद्वारा सिक्किम बनाउन भारतले चालिरहेको कदमप्रति प्रतिकात्मक व्यङ्ग्य गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अध्यक्ष केसीले राजमो कर्णाली प्रदेश समितिको आयोजनामा २०७८ जेठ १२ गते आयोजित प्रदेशसतरीय भर्चुअल प्रशिक्षणमा मन्तव्य राख्दै हुनुहुन्थ्यो ।

    ‘नेपाललाई सजिलै सिक्किम बनाउने योजनाका साथ जन्मको आधारमा नागरिकता लिनेहरूको सङ्ख्यामा वृद्धि ल्याउन सिमानामा भारतले ठुलो सङ्ख्यामा प्रसुतिगृह बनाइरहेको छ’ उहाँले भन्नुभयो ।

    उहाँले भारतको यस्तो घनीभूत षड्यन्त्रलाई देशभक्त नेपाली जनताको शक्ति आन्दोलनले असफल बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
    देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रशिक्षण दिँदै उहाँले राष्ट्रपतिको भूमिकाप्रति देशव्यापी रूपमा असन्तोष देखा परेको बताउनुभयो ।

    ‘नैतिकता नभएका राजनीतिक दलहरूले नेपालको संसदलाई प्रयोगशाला बनाइरहेका छन्’ उहाँले भन्नुभयो– ‘कतिपय हाम्रो पार्टीका साथीहरूलाई समेत यसको प्रभाव पर्न गएकाले पार्टीको नीतिसिद्धान्तबाट चिप्लिने गरेका छन् ।’

    उहाँले भन्नुभयो– ‘हामी सबै सजग हुनुपर्छ र कडाइका साथ लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई अपनाउनुपर्छ ।’

    राजमो कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोकाले नागरिकताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षणको क्रममा नागरिकता के हो, नागरिकता प्राप्तिका आधार के के हुन्, नागरिकता वितरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन के कस्तो रहेको छजस्ता विषयमा प्रस्ट पार्दै उहाँले भन्नुभयो– ‘हाम्रो देशको सन्दर्भमा वंशजको नागरिकता प्राप्त गर्ने अधिकार ती नागरिकलाई मात्र रहेको छ, जसका पुर्खाले यो देश निर्माण गर्न पसिना बगाए, जसका पुर्खाले यो देश बचाउन रगत बगाए र सहिद भए† अनि जो व्यक्ति तिनै पुर्खाको पदचापलाई पछ्याउँदै यो देशको रक्षा गर्न प्रतिबद्ध छ ।’

    ‘तर अहिले जन्मको आधारमा नागरिकता लिनेहरूसँग यस प्रकारको देशभक्ति भावनाले प्रेरित रगत र पसिनासँग कुनै सम्बन्ध नहुने भएकाले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने भन्ने कुरा गलत र राष्ट्रघाती भएको प्रस्ट छ’ उहाँले भन्नुभयो ।

    त्यस क्रममा उहाँले जन्म र वंशजको आधारमा नागरिकता दिने कुरामा आकासजमिनको फरक भएको र हाल नेपालमा ल्याइएको नागरिकता अध्यादेश मुख्यतः भारतीयलाई नागरिकता दिने प्रावधानसहित आएकोमा कुनै शङ्का नरहेकाले त्यसका खारेजीका लागि सङ्घर्ष गर्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा र राजमोकै केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष रत्नविक्रम प्यासीको पनि आतिथ्यता रहेको थियो ।

    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.