• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गण्डकी र लुम्बिनीमा विपक्षी दलको संघर्षप्रति मसालको ऐक्यवद्धता


  •   बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गण्डकी प्रदेश सरकारविरुद्ध प्रस्तुत अविश्वासको प्रस्ताव दृढतापूर्वक कार्यान्वयन गराउने जनाएको छ ।

    Advertisement

    हालै बसेको पार्टीको पोलिटब्यूरो बैठकले त्यहाँका विभिन्न विपक्षी दलहरु पनि आफ्नो मतमा अडिग रहने विश्वास व्यक्त गरेको महामन्त्री मोहनविक्रम सिंहले बुधबार जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

    मसालले गण्डकी र लुम्बिनीमा प्रदेशमा सत्ता पक्षले असंवैधानिक एवम् स्वेच्छाचारी प्रवृति देखाएको जनाएको छ ।

    यस्तो छ वक्तव्य
    ने.क.पा.(मसाल) पीवीको अनलाइन बैठक यही २०७८ बैसाख २१ गते सम्पन्न भयो । त्यसले कतिपय राजनीतिक प्रश्नहरूमा महत्वपूर्ण निर्णय जरेको छ । त्यसबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।

    बैठकले गण्डकी प्रदेशको विकसित राजनीतिक परिस्थितिबारे गम्भीरतापूर्वक छलफल ग-यो । त्यहाँको प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको पूर्व निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यो अविस्वासको प्रस्तावलाई संवैधानिक र प्रजातान्त्रिक प्रकारले अगाडि बढाउनुको सट्टा त्यहाँको सरकारले त्यसमा कतिपय बाधा पु¥याउने वा त्यसलाई असफल पार्ने दिशातिर प्रयत्न गरेको पाईन्छ । त्यस प्रकारको नीतिलाई नीतिलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।

    हामीले यो आशा गरेका छौँ, त्यो प्रदेशका विपक्षका सबै राजनीतिक शक्तिहरु, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, नेका र जसपा समेतले गण्डकी प्रदेशको सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई पारित गराउनको लागि इमान्दारिता र दृढतापूर्वक प्रयत्न गर्नुहुनेछ । उहाँहरूको त्यस प्रकारको भूमिकाबाट ओली सरकारको प्रतिगामी र अधिनायकवादी संघर्षलाई थप उचाइमा पु¥याउने छ र त्यसले देशको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योग्दान दिनेछ भन्ने हामीले विश्वास गरेका छौँ । त्यो अविश्वासको प्रस्तावलाई पारित गराउनको लागि हामीले गण्डकी प्रदेशका अन्य राजनीतिक शक्तिहरु माओवादी केन्द्र र नेका समेतसित सहकार्य गरेर काम गर्ने हाम्रो नीति रहेको छ ।

    अहिले ओली सरकारको अधिनायकवादी कार्यशैली विभिन्न प्रदेश सभामा प्रकट भइरहेको छ । त्यस सिलसिलामा लुम्बिनी प्रदेशमा विकसित घटनाक्रमप्रति हाम्रो पार्टीको विशेष ध्यान गएको छ । त्यहाँ प्रदेश प्रमुखद्वारा अल्पमतमा पुगिसकेको मुख्यमन्त्रीलाई पनि अप्रजातान्त्रिक र असंवैधानिक ढङ्गले नियुक्ति र सपथ गराउने जुन कार्य गरियो, त्यसबाट नेपालको सम्पूर्ण लोकतन्त्र माथि नै गम्भीर आघात पुग्न गएको छ । त्यो नाङ्गो प्रकारको असंवैधानिक, स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली हो । त्यसले ओली सरकारको अधिनायकवादी छविलाई थप पुष्टि गरेको छ । लुम्बिनी प्रदेशमा त्यहाँका विपक्षका राजनीतिक पार्टी वा सांसदहरुले त्यहाँको त्यस प्रकारको अप्रजातान्त्रिक र अधिनायकवादी कार्यप्रणालीका विरुद्ध गरिरहेको संघर्षलाई नेकपा(मसाल)ले दृढतापूर्वक समर्थन गर्दछ र त्यससित ऐक्यवद्धता प्रकट गर्दछ ।

    उपर्युक्त प्रकारको पृष्ठभूमिमा ओली सरकारको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कार्यशैलीका विरुद्धको संघर्षमा जोड दिनु गम्भीर राष्ट्रिय आवश्यकता भएको छ । त्यस प्रकारको कार्यशैलीलाई प्रदेश सरकारहरूले पनि अनुशरण गर्न थालेको कुरा प्रष्ट भइसकेको छ । त्यो अवस्थामा राष्ट्रिय वा प्रदेश स्तरमा त्यस प्रकारको अप्रजातान्त्रिक र अधिनायकवादी कार्यशैलीका विरुद्ध आउने राजनीतिक शक्तिहरूसित कार्यगत एकता वा सहकार्य गरेर संघर्षमा जोड दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    अन्य राजनीतिक पार्टी वा संगठनहरूसितका आफ्ना सैद्धान्तिक र राजनीतिक मतभेद वा आवश्यकताअनुसार संघर्ष गर्ने नीतिलाई सुरक्षित राख्दै ओली सरकारका त्यस प्रकारका प्रतिगामी र अधिनायकवादी कदमहरूका विरुद्ध आउने अन्य राजनीतिक शक्तिहरूसित बलियो व्यापक कार्यगत एकता वा सहकार्य गर्नुपर्ने तथा संयुक्त रुपले आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसका लागि हामीले आफ्ना तर्फबाट बढी भन्दा बढी योगदान दिने प्रयत्न गर्नेछौँ । हाम्रो के विश्वास छ भने त्यस प्रकारको बलियो कार्यगत एकता, सहकार्य वा संयुक्त आन्दोलनद्वारा नै ओलीका प्रतिगामी र अधिनायकवादी कदमहरूलाई रोक्नु तथा जनआन्दोनद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु सम्भव हुनेछ ।

    देशमा छिटै सम्पन्न हुने विभिन्न उपनिर्वाचनहरूमा पनि ओली सरकारका विरुद्ध चुनावहरूमा तालमेल गरेर जाने वा ओली पक्षका विरुद्ध खडा हुने उम्मेदवारहरूलाई समर्थन गर्ने नीति पीवीले ठेगान गरेको छ र त्यसबारे कतिपय निर्णयहरू पनि गरेको छ । त्यसबारे हामीले सम्बन्धित प्रदेश वा जिल्लाहरूमा बेग्लै निर्देशन पठाउनेछौँ ।

    बैठकले आन्तरिक संगठनात्मक विषयहरुमा पनि कतिपय आवश्यक निर्णयहरु गरेको छ ।

    समग्रमा पीवीको के ठहर छ भने ओलीको सम्पूर्ण गतिविधिका कारणले देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक संकटको स्थिति सिर्जना हुँदै गइरहेको छ । त्यसका साथै कोरोना भाइरसको कारणले पनि देशमा गम्भीर प्रकारको स्वास्थ्य सम्बन्धी र आर्थिक संकटको स्थिति सिर्जना हुँदै गइरहेको छ । त्यो अवस्थामा सरकारले सबै साधन र स्रोतहरुलाई यो गम्भीर प्रकारको समस्या नियन्त्रणको लागि ध्यान दिनु पर्दथ्यो । तर सरकारले यो पक्षमा ध्यान दिनुको सट्टा देशमा राजनीतिक संकटको स्थितिलाई झन् बढाएर लैजाने तथा मध्यावधि चुनावको लागि वातावरण तयार पार्न योजनावद्ध प्रकारले काम गरिरहेको देखिन्छ ।

    हाम्रो यो पनि स्पष्ट मत छ कि मध्यावधि चुनावको लागि छुट्याइएका सम्पूर्ण बजेट र त्यसका लागि प्रयोग गरिने सबै स्रोत र साधनहरू कोरोना भाइरसको नियन्त्रणका लागि नै खर्च गरिएमा त्यसबाट महामारीको सामना गर्नको लागि धेरै नै मदत पुग्नेछ । निश्चय नै महामारीको बढ्दै गइरहेका खतरामाथि विचार गर्दा चुनावलाई छुट्याइएको रकम बाहेक पनि अरु थप रकम तथा स्रोत र साधनहरूको प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । तर त्यसप्रति सरकारले आवश्यक ध्यान दिएको पाइन्न र सरकारको त्यो नीतिलाई हाम्रो पार्टीले अत्यन्त गैरजिम्मेवार ठान्दछ । त्यसका गम्भीर र दूरगामी दुष्परिणामहरू हुनेछन् र त्यसप्रति हामीले सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

    २०७८ वैशाख २२ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.