डोटी । डोटीको केआईसिंह गाउँपालिकाको सलेनामा १३२औँ मजदुर दिवस मनाइएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाका प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजमो केआईसिंह गाउँ समितिका अध्यक्ष हरि भट्टराई तथा सञ्चालन डिलबहादुर बलायरले गर्नुभएको थियो ।
कार्यक्रमलाई अखिल नेपाल किसान संघका जिल्ला संयोजक लक्ष्मण भन्डारी, अखिल नेपाल युवक संघ डोटीका कार्यवाहक अध्यक्ष शिवराज भट्ट, राजमो केआईसिंह गाउँपालिका–७ का अध्यक्ष लालबहादुर बिठाडी, वडा नं ६ का वडा प्रतिनिधि नरेन्द्र बलायर, युवक संघ डोटीका सचिव सागर भट्ट, मजदुर प्रतिनिधि गणेश भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।