काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई वीर अस्पताल भर्ना हुनुभएको छ । न्युरो–इन्डोक्राइनको ट्युमरको अप्रेसनका लागि डा. भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।
Advertisement
उहाँको आजै अप्रेसन हुने उहाँकी पत्नी हिसिला यमीले जानकारी दिनुभएको छ । उहाँले पत्नी हिसिला यमीसहित आफू अहिले वीर अस्पतालमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत तस्बिरसमेत सार्वजनिक गर्नुभएको छ ।
भट्टराईको डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले आज नै अप्रेसन गर्नेछ । यसअघि क्यान्सर भएको आशंकामा जचाउन भारत गएका भट्टराईको क्यान्सर नभएको बरु ट्युमर रहेको पुष्टि भएको थियो ।