दुर्गा थापा, बरेङ (बागलुङ) ।
अखिल नेपाल युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा बरेङ गाउँपालिका–३ को वडा भेला शनिबार बाटाकाचौरको साग्दीमा सम्पन्न भएको छ । भेलाले मिलन पुनको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ ।
जसको उपाध्यक्ष अनिल आले, सचिव अनिल श्रीस, कोषाध्यक्ष पुनम पुन, सदस्यहरुमा बिष्णु श्रीस, ठगबहादुर सुनार, अस्मि सुनार, नरमाया विक, विकास श्रीस हुनुहुन्छ भने, ५ सदस्यीय सल्लाहकार समेत निर्वाचित गरेको छ । सल्लाहकारहरुमा देवि बुढाथोकी, तुलसी बोहोरा, पूर्ण परियार, पदम क्षेत्री र अनिता सुनार रहनु भएको छ ।
कार्यक्रममा संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले प्रशिक्षण मन्तब्य दिँदै देश विकास र समाज सुधार गर्ने अभियन्ता नै युवाहरू हुने बताउनुभयो । उहाँले युवाले आफ्नो हक अधिकारको खोजी गर्नको निम्ति सचेत र संगठित हुनु पर्नेमा जोड दिनु भयो । मन्तव्यकै क्रममा उहाँले रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहेकोले युवाविहीन गाउँ भएको बताउँदै गाउँ–गाउँमा उद्धमशीलताको विकास गर्न आग्रह गर्नु भयो ।
देशलाई समृद्धिको बाटोमा लग्न सक्ने तागत भएका युवाको सिप, क्षमता र साहसलाई राज्यले चिन्नु पर्नेमा जोड दिनुभयो । शर्माले रेमिट्यान्सले मात्र मुलुक समृद्धि नहुने बताउनु भयो । अन्याय, अत्याचार र शोषण, दमन र भ्रस्टाचार विरुद्ध युवाहरू आन्दोलित समेत उहाँले अनुरोध गर्नु भयो ।
कार्यक्रममा, जनप्रतिनिधि पृथ्वीबहादुर पुन, अखिल नेपाल युवक संघका जिल्ला सदस्य तथा पालिका अध्यक्ष दुर्गा थापा, अखिल नेपाल जिल्ला खेलकुद महासंघका जिल्ला सदस्य प्रेम थापालगायतका अतिथिहरुले भेलालाई शुभकामना दिनु भएको थियो ।
युवक संघका वडा अध्यक्ष अनिता सुनारको अध्यक्षतामा सुरु भएको भेलाको स्वागत शेरबहादुर पुनले गर्नु भएको थियो भने सञ्चालन मिलन पुनले गर्नु भएको थियो ।
अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलन यही वैशाख २४ र २५ गते गलकोटमा हुँदैछ ।