• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सत्ता जोगाउने ओली रणनीति : जसपा फुटाउने, रेशम चौधरी छुटाउने


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र पुनर्वहाली भएपछि संकटमा परेको सरकारले जनता समाजवादी दललाई सत्ता साझेदार बनाउने रणनीति लिएको छ ।

    Advertisement

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई भित्र्याएर सत्ता लम्ब्याउने रणनीति लिनुभएको हो । निलम्बित सांसद रेशम चौधरीको रिहाई र संविधान संशोधनलाई जसपाले मुख्य माग बनाएको छ । जसमा बालुवाटारले ‘ग्रिन सिग्नल’ दिइसकेको बुझिएको छ ।

    त्यसका लागि एमाले र जसपाका नेताहरुबीच मंंगलबार छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको सहभागिता रहेको थियो। त्यसैगरी संघीय समाजवादीतर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी रहेका थिए ।

    नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीले कार्यदलसमेत गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो । कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

    त्यस्तै, सरकारका तर्फबाट पनि जसपासँग छलफलका लागि दुई सदस्यीय कार्यदल बनाइएको छ । जसमा विष्णु पौडेल र सुवास नेम्वाङ सदस्य रहेको बालुवाटार स्रोतले जनाएको छ । यद्यपी यो कार्यदल बनेकोबारे नेताहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । एमाले नेता नेम्वाङले जसपासँग छलफल भएको तर, कार्यदल भने नबनिसकेको दाबी गर्नुभयो ।

    यता, दुवै दलले सत्ता साझेदारी गर्ने आन्तरिक सहमति भएपनि जसपाभित्र यसको विरोध भएको बुझिएको छ । जसपाले कार्यदल निर्माण गरिसक्दासमेत संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी नभएको बुझिएको छ । यो समूह प्रधानमन्त्री ओलीसँग रुष्ट छ । अध्यक्ष ठाकुर पक्षले ओलीसँग सहकार्यका लागि सकारात्मक भएपनि भट्टराई र उपेन्द्र यादवपक्ष त्यसको विरुद्धमा उभिएका छन् । सरकारमा जाने बिषयमा जसपा पनि दुई धारमा बाँडिएको छ ।

    सर्वोच्च अदालतको फैसलापछि एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । प्रतिनिधिसभामा एमालेको १२० सांसद कायम छन् । जसपासँग निलम्बित सांसद चौधरीसहित ३४ सांसद छन्। सरकार बनाउन १३४ सांसद संख्या आवश्यक पर्छ। जसपा र एमाले मिलेमा ओली नेतृत्वको सरकार जोगिने भएकाले ओली पक्षले सरकार जोगाउन जसपासँग कार्यदल नै बनाएर छलफल थालेको बताइएको छ ।

    प्रधानमन्त्री ओलीले जसपा पुरै सरकारमा नआएमा जसपामा फुट पारेर भएपनि एउटा पक्षलाई सरकारमा ल्याउने योजना बनाएको स्रोतले बताएको छ ।

    उधारो सहमति मान्दैनौंः जसपा
    यता, जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो ।

    सांसद रेशम चौधरीको रिहाई, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनिय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिनुभयो । उहाँले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि कांग्रेस र कम्युनिष्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने ‘उधारो सहमति’ कसैसँग नहुने स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो ‘हाम्रा मुद्दा केन्द्रित भएर सबै पक्षसंग कुरा गर्छौ । हाम्रा सांसद रेशम चौधरीको रिहाई लगायत मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर आफ्ना कुरा राख्छौ । जो पक्ष हामीसँग कुरा गर्न चाहन्छ उ सँग हामी कुरा गर्छौ । सबै कुरा बुझिसकेपछि पार्टीले औपचारिक निर्णय गर्छ । विगतको सबै अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीले निर्णय गर्छ । उधारो होइन । नगदमा चाहिन्छ । धेरै झुक्याए हामीलाई । अब यो हुनेवाला छैन । सबैसँग वार्ता गर्ने र बैमानी सैतानि कसैको चल्नेवाला छैन यसपाली ।’

    टीकापुर घटनामा संलग्न रहेको भन्दै चौधरीलाई अदालतका जन्मकैद सुनाएको छ । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेसमार्फत उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले कैलाली १ बाट भारी मत ल्याएर सांसदमा निर्वाचित भएका थिए । मधेशवादी दलहरुले चौधरीको मुद्दा खारेजी र रिहाइका लागि माग गर्दै आएका छन्।

    कांग्रेस र जसपालाई समेटेर सरकार बनाउने प्रचण्डको योजना
    यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार विरुद्ध अविस्वासको प्रस्ताव पेश गर्ने र कांग्रेस तथा जसपालाई समेटेर सरकार बनाउने प्रयास थाल्नुभएको छ । त्यसका लागि मंगलबार प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष बाबुराम भट्टराईलाई भेट गर्न जानुभएको थियो ।

    कुनै पनि हालतमा एमालेलाई समर्थन नगर्ने प्रचण्डको चाहनाका कारण माओवादी कांग्रेस र जसपाको पनि गठबन्धन बन्न सक्छ । तर, प्रचण्डलाई भन्दा ओलीलाई समर्थन गर्दा आफ्ना माग पुरा हुने भएकाले ओलीलाई नै समर्थन गर्ने महन्थ–राजेन्द्रहरुको योजना देखिन्छ । सरकारमा सामेल हुने विषयमा जसपा पुनः फुटको अवस्थामा पुगेको छ ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.