दाङ । अखिल नेपाल युवक सङ्घ जिल्ला समिति दाङ–देउखुरीले जिल्लाको सदरमुकाम घोराही बजारमा आज फागुन १० मसाल जुलुस सम्पन्न गरेको छ ।
Advertisement
गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताका विरुद्ध सङ्घर्ष गरौँ भन्ने नाराका साथ विरोधस्वरूप मसाल जुलुस गरिएको हो ।
बिपीचोकबाट सुरु भएको जुलुस स्वर्गद्वारी घन्टाघर चोक, सहिद गेट हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।
जुलुसपछिको कोणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाध्यक्ष चित्र एमसी र राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण युवक सङ्घका जिल्ला सचिव चन्द्र आचार्यले गर्नुभएको थियोे ।