• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

लेनदेन र भ्रष्टाचारमा ओली र देउवा सँगसँगै : केसी


  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई सिकिम्मीकरण गर्न भारतले २००७ सालदेखि हस्तक्षेप बढाइरहेको बताउनुभएको छ । हिमाल, पहाड, तराई मिलेर बनेको नेपालको भूगोल र जनसंख्यामाथि कब्जा जमाउन भारत लागि परेको केसीले दावी गर्नुभयो ।

    Advertisement

    शनिबारदेखि बुटवलमा शुरु भएको जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतबाट, नेपाल असुरक्षित रहेकाले सबै राष्ट्रवादी नेपालीलाई सचेत हुन आग्रह गर्नुभयो । भारतले नेपालमा अस्थिरता चाहेको उल्लेख गर्दै नेपालमा संघीयता भित्राउन भारतको हात रहेको बताउनुभयो ।

    महेन्द्रनगरदेखि काँकडभित्तासम्मको भू–भागलाई पहाडबाट तराई अलग गराउने ग्राइनडिजाइन भारतकै भएको अध्यक्ष केसीको भनाइ छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसामा चलेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।

    नेकपमा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको बताउनुभयो । उहाँले अहिलेको निकास प्रतिनिधि सभा पुनर्स्थापना भएको दावी गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना भए सबै भन्दा बढी समस्या प्रधानमन्त्री ओलीलाई पर्ने बताउनुभयो ।

    २०४७ को संविधानले प्रनिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिएपनि २०७२ को संविधानले प्रतिनिधि सभा विघटन गर्न प्रधानमनत्रीलाई कूनै अधिकार नदिएको दावी गर्नुभयो । संविधान मिचेर प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको बताउनुभयो । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई संविधानले नदिएको र अर्को कुन शक्तिले दियो भन्दै प्रतिप्रश्न गर्नुभयो ।

    संसद पुनर्स्थापना हुने नहुने कूनै निश्चित नभएको उल्लेख गर्दै अदालत र निर्वाचन आयोग सरकारको दबावमा परेको बताउनुभयो । सरकारको दवावमा निर्वाचन आयोगले वैशाखमा चुनाव हुन्छ, भनेपनि सम्भव नदेखिएको बताउनुभयो ।

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लेनदेन र भ्रष्टाचारमा सँगसँगै भएकाले देउवाले चुनाव हुनुपर्छ भन्न थालेको बताउनुभयो । नेपालको लागि संघीयता घाँडो भएको बताउँदै प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न नगराएसम्म देशले निकास पाउन नसक्ने दावी गर्नुभयो ।

    नेपाल जस्तो सानो देशले संघीयतालाई थेग्न नसक्ने उल्लेख गर्दै अध्यक्ष केसीले भन्नुभयो, ‘हामीले समयमा नै संघीयता खारेज गर्न नसिकए भोलि संघीयताले देश नै खारेज गर्न सक्ने अवस्था आउन सक्ने सम्भावनाप्रति सबै नेपाली सचेत हुनुपर्छ ।’ संघीयता र प्रतिनिधि सभा विघटनले देश झनै संकटमा परेको अध्यक्ष केसीको भनाइ छ ।

    जातीय छुवाछुतको अन्त्य गर्नुको विकल्प नभएको बताउँदै यो व्यवस्थाबाट जातीय छुवाछुत मुक्त हुनै नसक्ने बताउनुभयो । सामान्तबादी सोच र चिन्तन भएकाहरुको सत्तामा हालीमुहाली हुँदासम्म जातीय छुवाछुत पनि अन्त्य हुन नसक्ने र हरेक प्रकारका विभेद, शोषण दमन, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा न्यूनिकरणसमेत हुन नसक्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष शिव पौडेल, अखिल ट्रेड युनियन महासंघ (अन्टुक)का कार्यवहाक अध्यक्ष लोकराज भुसाल, अखिल (छैठौं)का उपाध्यक्ष देवेन्द्र कुंवर, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, जनजाती सम्मेलनकी उषा राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हरि योगी लगायतले बोल्नुभएको थियो ।

    जातीय समता समाजका अध्यक्ष दिलबहादुर विकको अध्यक्षता र महासचिव गोविन्द विकको सञ्चालनमा कार्यक्रम भएको थियो । दुइ दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.