वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको सुर्खेतको आयोजनामा प्रतिगमन विरुद्धको कोणसभा सम्पन्न भएको छ ।
Advertisement
आज २०७७ माघ ३० गते वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकमा कोणसभा सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका कोषाध्यक्ष धनप्रसाद देबकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, नेकपा (मसाल) का प्रतिनिधि विष्णुप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर नेपाली र अखिल (छैठौं) का केन्द्रीय सदस्य हरि बुढाले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कोणसभाको सञ्चालन अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्मराज दानीले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीसमेतका नेताहरूको उपस्थित रहेको थियो ।