बुटवल । राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका वार्ड नं ३ र ४ को संयुक्त प्रशिक्षण सम्पन्न भएको छ ।
Advertisement
जिबलाल भट्टराईको अध्यक्षता र लक्ष्मी कुँवरले सञ्चालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको समसामयिक विषयमा प्रकाश पार्नु भएको थियो ।
देशका ठुलाठुला पार्टीहरूले देश र जनतालाइ घरिघरि अफ्ठेरोमा पारिरहेको र त्यसबाट आफू र जनतालाई सधैँ सचेत रहन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष कमला बन्जाडे, राजमो ५ नं प्रदेश कोषाध्यक्ष गणेश गौतम, राजमो सैनामैना नगर अध्यक्ष लालबहादुर क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।