दाङ । राष्ट्रिय जनमोर्चा दाङले घोराही–२ रामपुरमा केपी शर्मा ओली सरकारको असंवैधानिक प्रतिनिधि सभा विघटनका विरुद्ध संसद पुनःस्थापनको माग गर्दै आज माघ १८ गते कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
विरोधसभालाई राष्ट्रिय जनमोर्चा दाङका जिल्लाध्यक्ष गणेश आचार्यले सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन हुनुमा केपी आली नै मुख्य जिम्मेवार रहेको दावी गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले प्रचण्ड र माधव नेपाल पनि त्यसका लागि निमित्त कारण रहेको पनि बतउनुभयो ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका समितिका उपाध्यक्ष मनिराम खनालले पनि सम्बोधन गर्नुभएको थियोे ।
सोही क्रममा वडा नम्बर २ का विभिन्न गाउँमा राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरिनुका साथै पर्चा वितरण गरिएको थियो ।