• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पार्टीको विवाद मिलाउन नसकेपछि ओलीले संसदलाई दाउ लगाए : पौडेल


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि दुर्गा पौडेलले सम्बोधन गर्दै जनताबाट झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले संसद् विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनु भएको छ ।

    पार्टीको आन्तरिक कलहलाई मिलाउन नसकी आफ्नो पद र कुर्सी जोगाउन जनताको भावनामाथि खेलवाड गरिएको भन्दै उहाँले संसद्लाई दाउ बनाएर कानुन विपरीत संसद् भंग गर्नु असंवैधानिक कदम भएकाले यसको विरोध गर्न र संसद् पुनर्स्थापनाका लागि आम नेपाली जनता संघर्षमा होमिनुपर्ने बेला आएको बताउनु भयो ।

    कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा प्रदेश मामिला सभापति एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, अतिथिहरु राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले मन्तव्य राख्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमको सिलसिलमा आयोजित उक्त विरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीश्वर पाण्डे, बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला समितिका सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा सदस्यहरु, पार्टी कार्यकर्ता, पत्रकार, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य एवं ढोरपाटन नगर कमिटीका अध्यक्ष दिपक थापाको अध्यक्षता, अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीको स्वागत मन्तव्य र अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य युवराज महतको संचालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.