दिनेश रैदास, दाङ ।
‘वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी’ अभियान कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ६ को वार्डस्तरीय कार्यकर्ता भेला गंगदी खोलामा सम्पन्न भएको छ ।
लुद्रबहादुर बुढाको अध्यक्षता, दिनेश रैदासको सञ्चालन, टीका बुढाको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई राष्ट्रिय जनमोर्चा दाङ जिल्ला उपाध्यक्ष तथा राजपुर गाउँपालिका ईन्चार्ज महेश रिजालले सम्बोधन गर्दै कार्यक्रमका उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।
भेलामा अखिल नेपाल महिला संघका कमला कवर , अखिल नेपाल युवक संघका शेरबहादुर बुढा, राष्ट्रिय जनमोर्चा वार्ड कमिटी सदस्य वृजनी कवर मगर, राजमो वार्ड कमिटी उपाध्यक्ष गणेश नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाले लूद्रबहादुर बुढाको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ६ वार्ड कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष गोपाल नेपाली, सचिव टीका बुढा, सहसचिव शेरबहादुर बुढा, कोषाध्यक्ष मा दुजकुमारी बुढा र सदस्यीय हरुमा टोमी घर्ती, हुमी बुढा, दीपा चौधरी, निम प्रकाश विश्वकर्मा, बाबुराम कवर, निम बहादुर बुढा, वृजनि कवर मगर, रमेश पुन, कमला कवर, निर्मल घर्ती, पुस्पा बुढा, गौसरी रावत चिन्तामणि सार्की, अनिता नेपाली चयन हुनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा शक्ति जिएम, अम्ब बहादुर बोहोरा, भीम बहादुर बुढा, अमर बुढा, होम बहादुर डाँगी, लली सर्किनी, गणेश नेपाली रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ ।