कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नं ७ को झुलानियामा राष्ट्रिय जनमोर्चाको वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका वडा नं ७ का अध्यक्ष राम सोमारे धोबीको अध्यक्षतामा र राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका सचिव गोविन्द परिवारको सञ्चालनमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले देशको तत्कालीन राजनैतिक अवस्था र राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम बारेमा प्रशिक्षण दिनु भएको थियो ।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल सुनारले राष्ट्रिय जनमोर्चा विजयनगरको गतिविधि र जनताको समस्याको बारेमा साथै तराई मधेश जनवादी मोर्चा, विजयनगरका अध्यक्ष खदेरु पासीले जनताका मुद्दा र स्थानीय समस्याबारे प्रशिक्षण दिनु भएको थियो ।