बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देही अन्तर्गत देवदह नगर समितिले संघर्ष र संगठन निर्माणको कार्यक्रम तय गरेको छ । शनिबार राजमो नगर अध्यक्ष हरि केसीको अध्यक्षतामा बसेको संयुक्त बैठकले विभिन्न कार्यक्रमहरु तय गरेको हो ।
कम्युनिस्ट संग्रहालय नेपाल का अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) जिल्ला प्रवक्ता नारायण जिसी र धनु पाण्डेको विशेष उपस्थितिमा सम्पन्न संयुक्त बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला, समिति र विरोधको कार्यक्रम निश्चित गरेको छ । जनभेटघाट, सदस्यता वितरण, प्रशिक्षण, समिति निर्माण र बिरोध सभाको तैयारीको लागि निम्न अनुसार अभियान टोली निर्माण गरिएको छ ।
देवदह अन्तर्गत वार्ड ४ को माघ १७ गते वार्ड भेला जस्को तैयारी को जिम्मा धन कुमारी थापा, यम थापा, वागविर पुन र हरि केसीलाई दिइएको छ ।
वार्ड ५, ६ र वार्ड ९, १० को भेला माघ २४ गते तैयारीको जिम्मा धनु पाण्डे, पुरूत्सोतम कंडेल र शिव खनाललाई दिइएको छ । यस्तै, वार्ड न. १०को भेला माघ ३० गते जिम्मा यम डिसा मगर, दुर्गा काउछा र भिमबहादुर थापा, वार्ड २, ३ र ४ को भेला तैयारीको लागि ज्ञामुध्वज मल्ल, धनु पाण्डे र गंगा थापालाई जिम्मा तोकिएको छ । यसैगरी खैरेनीको वार्ड भेलाको लागि भोजराज विकलाई जिम्मा दिइएको छ।
माघको अन्तमा नगरस्तरीय बिरोध सभा गर्ने निर्णय पनि गरिएको छ । फाल्गुन १ गते ट्राफिक चोक बाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरीय मोटरसाइकल रैलीमा व्यापक रूपमा सहभागी हुने राजमो देवदहले निर्णय गरेको छ ।