दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका दाङले गाउँपालिकाका विभिन्न वडामा संगठन र संघर्ष कार्यक्रम तय गरेको छ । बुधबार गाउँपालिकामा भएको भेलाले विभिन्न वडामा विरोध कार्यक्रमसहित संगठन निर्माणको योजना बनाएको हो ।
भेलाले गाउँपालिका वार्ड नं ४ मा माघ १० गते, वार्ड नं ५ मा १३ गते, वार्ड नं ६ मा १५ गते, वार्ड नं ७ मा १९ गते र वार्ड नं २ मा माघ २३ गते विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसपछि वार्ड नं ५ जंग्रहावा माघ २५ गते गाउँपालिका स्तरीय कार्यक्रम हुनेछ ।
बैठकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङ देउखुरी जिल्ला समितिका सदस्य दिनेश रैदास, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य सीमा रोका, अखिल नेपाल जनजाती सम्मेलनका लक्ष्मी बुढा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का टेकबहादुर बुढा लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा राजमो दाङ जिल्ला सदस्य र राजपुर कार्यक्रममा गाउँपालिका समितिका कोषाध्यक्ष रामफकिरे रैदासको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष महेश चन्द्र रिजालको बिशिष्ट आतिथ्यता रहेको थियो ।
दिलबहादुर घर्तीको अध्यक्षता र महेश चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहसचिव मनकुमार राणाले स्वागत गर्नुभएको थियो ।
यो पनिः दाङमा वडावडामा सभा, टोलटोलमा समिति सञ्चालन हुँदै