नवराज पौडेल/तौलिहवा ।।
अखिल (छैठौं) कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका–३ खरेन्दपुरमा राँकेजुलुस प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरोधमा उत्रिएको अखिल (छैठौं) को केन्द्रीय निर्देशनअनुसार खरेन्द्रपुरमा राँकेजुलुस प्रदर्शन गरिएको हो ।
राँकेजुलुसपछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानीक भएकाले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभयो । उहाँले आवश्यक परे विद्यार्थीहरुले २०६२–६३ को जनन्दोलनजस्तै प्रदर्शन गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनताको मतलाई कुठाराघात गरेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्लाध्यक्ष रिसव आचार्यले प्रधानमन्त्रीको कदम विरुद्ध एक हुनुपर्ने बताउनुभयो । उहाँले सबै विधार्थी सङ्गठनलाई मिलेर प्रदर्शन गर्नसमेत आग्रह गर्नुभयो ।
राँकेजुलुसमा अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, समता समाजका जिल्लाध्यक्ष झकबहादुर विक, सचिव प्रकाश बराल, राजमोका जिल्ला कोषाध्यक्ष चेतनारायण खनाललगायतको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन टिना अदैले गर्नुभएको थियो ।