• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपाको फुटमा कांग्रेसले खेल्ने मौका पायो : महामन्त्री सिंह


  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं ।नेपाल कन्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सत्तारुढ दल नेकपाको फुटबाट नेपाली कांग्रेसले बिचमा खेल्ने मौका पाएको बताउनुभएको छ ।

    Advertisement

    पहिले एमाले र माओवादीको संयुक्त सरकार भएको बेलामा भएको फुटले नेपाली कांग्रेसलाई सत्तामा आउन मद्दत पुर्‍याएको स्मरण गर्दै महामन्त्री सिंहले घटनाक्रमले त्यही प्रकारको स्थितिको पुर्नरावृत्ति हुने संभावना देखिएको बताउनुभयो ।

    बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सिंहले आफ्नो पार्टीले नेकपा भित्रको फुटका कैयौँ गम्भीर राजनैतिक दुष्परिणामहरु आउने र त्यसको परिणाम स्वरुप देश प्रतिगमन तिर जाने सम्भावना रहने कुरा भन्दै आएको र अहिलेले व्यवहारले त्यो कुरा प्रष्ट पार्दै लगिरहेको बताउनुभएको छ ।

    अहिले ओली तथा प्रचण्ड-माधव दुवै पक्षहरुले विघटित संसदको पुर्नस्थापना वा चुनाव भएमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि प्रस्ताव गर्न थालेको सिंहले बताउनुभएको छ । यसरी नेकपा भित्र भएको फुटले नेकालाई अगाडि आउन मद्दत पुग्ने संभावना बढ्दै गएको उहाँको बुझाई छ ।

    ‘नेपाली कांग्रेस अगाडि आउनुको अर्थ त्यो सत्तामा पुग्ने मात्र हुने छ्रैन् त्यसले अपनाएका नीतिहरु लाई पनि बल पुग्ने संभावना रहने छ’ सिंहले भन्नुभएको छ, ‘नेकाले भारतीय र अमेरिकी साम्राज्यवाद, राजावादी शक्तिहरु, तराईका पृथकतावादी तत्वहरु, वा कट्टर हिन्दुवादी सोचाईहरुको पनि प्रतिनिधित्व गर्दै आएको छ । नेकपाको जुन पक्षले भएपनि नेकासित गठबन्धन गर्ने नीति अपनाएमा उनीहरुले (नेकपाको) पहिले अडान लिने गरेका नीतिहरुबाट पनि बिचलन हुँदै जानेछ । अर्को शब्दमा अहिले त्यसले अपनाउने गरेका गणतन्त्र धर्मनिरपेक्षता वा राष्ट्रियता सम्बन्धी नीतिहरुमा पनि सौदावाजी गर्दै जानु पर्नेछ ।’

    नेकपाका दुवै पक्षहरुले फुटपछि भएको आफ्नो कमजोर स्थितीमा उद्धारको लागि नेकाको मद्दत खोजिरहेका भन्दै कांग्रेसले आफ्नै शर्तमा नै उनीहरुलाई मद्दत गर्ने सिंहले बताउनु भएको छ । त्यसरी उनीहरुमा भएको फुटका कारणले नेकपा वा सबै देशी वा विदेशी शक्तिहरुलाई खेल्ने अवसर प्राप्त भएको उहाँको बुझाई छ । त्यसबाट नेपालको वामपन्थी आन्दोलनलाई दीर्घकालिन रुपले नै ठूलो धक्का पुग्ने सिंहको आकलन छ ।

    ‘अहिलेको स्थितीमा संसदको विघटन वा विघटित संसदको पुर्नस्थापनाका पक्षमा आउने राजनीतिक शक्तिहरुसित कार्यगत एकता गरेर संयुक्त आन्दोलन अगाडि बढाउनु गलत होइन र त्यो आवश्यकत पनि छ’ उहाँले भन्नुभएको छ, ‘तर त्यसका लागि आफ्ना नीतिगत प्रश्नमा नै सौदावाजी गर्नु गंभीर प्रकारको गल्ती र अदुरदर्शीता हुनेछ त्यसका कैयौँ दुर्गामी दुष्परिणाम हुनेछन् ।’

    नेकपाले विधिसम्मत तरिकाले आफ्ना मत भेदहरुलाई टुङ्गाएर आफ्नो एकतालाई कायम राख्ने प्रयत्न गर्नु पर्ने कुरामा आफ्नो पार्टीले लगातार जोड दिएको उल्लेख गर्दै महामन्त्री सिंहले त्यसो हुन नसक्नुको परिणाम नेकपाका दुवै पक्षहरुका साथै सारा देश र इतिहासले पनि भोग्नु पर्ने स्थिति उत्पन्न भएको बताउनुभयो । त्यसले देशलाई कहाँसम्म पुर्‍याउने हो ? त्यो कुरा इतिहासले नै बताउने उहाँको धारणा छ ।

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.