• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बाँकेमा मनाइयो टोपबहादुर कार्कीको १८औँ स्मृति दिवस, संघर्षका कार्यक्रम तय


  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगन्ज ।
    राष्ट्रिय जनमोर्चा बाँकेको अगुवा कार्यकर्ता भेला बुधबार नेपालगन्जमा सम्पन्न भएको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गर्न तथा ओली सरकारले गरेको असंवैधानिक कदम संसद विघटन, भ्रष्टाचार संघीयताको बिरोध गर्न माघ महिनामा हुने १ महिने अभियानको सन्दर्भमा उक्त भेला आयोजना भएको हो ।

    Advertisement

    भेलालाई राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले सम्बोधन गर्नुभएको थियोे । सम्बोधनको क्रममा उहाँले अहिलेको अवस्थामा एकातिर राजावादीहरुबाट गणतन्त्रमाथि खतरा देखा परिरहेको र अर्कोतिर विप्लप माओवादीहरुले पनि राजासहितको गोलमेच सम्मेलनको कुरा गरेको स्थितिमा जनआन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई जोगाउँदै नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्नु पर्ने आवश्यकत औंल्याउनुभयो ।

    त्यसको लागि तत्काल ओली सरकारले गरेको असंवैधानिक कदम संसद विघटनको विरुद्ध संसद पुनर्स्थापनाको माग लिएर आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा संघर्षमा उत्रिएको उहाँले वताउनुभयो । पार्टीले घोषणा गरेको १ महिने संघर्ष तथा संगठन निर्माणको अभियानमा सक्रियतापूर्वक लाग्नको लागि उहाँले कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको थियोे ।

    भेलामा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्दै अभियानको क्रममा संगठनलाई ससक्त बनाएर आन्दोलनको आँधिहुरी सँगै अधिनायकवादी तथा प्रतिगामी षडयन्त्रलाई परास्त गरिने बताउनु भएको थियोे ।

    राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भेलामा उपाध्यक्ष जगदीश ढकालले स्वागत तथा सहसचिव मनबहादुर सुनारले संचालन गर्नुभएको थियोे ।

    भेलामा अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्का, अखिल (छैटौं) बाँकेका अध्यक्ष नमराज चन्द , अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष पूर्णकला भण्डरी, अखिल नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बुद्धि बन्जाडे लगाएतको आतिथ्यता रहेको थियोे ।
    राष्ट्रिय जनमोर्चाको उक्त भेलाले माघ ३ गते देखि १ महिने संघर्ष तथा सांगठानिक अभियान संचालन गर्ने तय गरेको छ । जस अनुसार जिल्लाका आठओटै नगर तथा गाउँपालिकाका वडाहरुसम्म अभियान संचालन गरिने गरि नेतृत्वसहितको टोलीहरु परिचालन गरिने पनि सो अवसरमा जानकारी गराइएको छ।

    सहिद टोपबहादुरको १८औं स्मृति सभा

    यसैबीच राष्ट्रिय जनमोर्चा बाँकेद्वारा बुधबार नै सहिद टोपबहादुर कार्कीको १८औं स्मृति सभाको आयोजना गरियो ।

    नेपालगञ्जमा एक समारोहका बीच आयोजित स्मृति सभालाई सम्बोधन गर्दै राजमोका पूर्व महासचिव आचार्यले सहिद टोपबहादुर कार्कीले संगठनमा गरेको योगदानको चर्चा गर्दै २०५९ सालको तत्कालीन निरंकुश शाही शासनकालमा आफ्नो पार्टीका इमानदार कार्यकर्ता राजमो बर्दियाका सदस्य तथा तत्कालीन युवा संघका भेरी कर्णाली सदस्य टोपबहादुर कार्की र उहाँका बुबा भोजबहादुर कार्कीमाथि माओवादीको आरोप लगाई मुडभेटको नाममा जघन्य हत्या गर्नु अत्यन्तै निन्दनीय घटना भएको बताउनु भएको थियोे ।

    स्मृति सभामा मन्तव्य राख्दै सहिद टोपबहादुर कार्कीकि जेठी छोरी सावित्री कार्कीले आफ्नो बुबाले देखाएको विचार र बाटोमा अघि वढ्दै पार्टी र संगठनमा निरन्तरता दिने प्रण गर्नुभएको थियोे ।

    राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालको अध्यक्षतामा सम्पन्न स्मृति सभामा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, सहिद टोपबहादुर कार्कीकी बहिनी भिमा कार्की, छोरीहरु सावित्री कार्की, बसन्ती कार्की, छमी कार्की र मनिशा कार्की लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाले गर्नुभएको थियोे ।

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.