ईन्दमणि पाण्डे, बागलुङ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) को इकाई समिति उत्तरगंगा मावि बुर्तिबाङको प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा बामपंथी नेता गौरीश्वर पाण्डे राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापा , अखिल नेपाल शिक्षक संघका टीकाबहादुर पुन, पदम छन्त्याल प्रगतिशिल पत्रकार संघका लोकेन्द्र सुनार रक्तिम साँस्कृतिक अभियानका जिल्ला सचिव सहबिन अर्गेजा तथा पूर्व केन्द्रीय सदस्य बिमल पाण्डे अखिल नेपाल बुद्धिजीवी संघका धनबहादुर कुँवर लगायतले विद्यार्थीहरुलाई राजनिति, दर्शन लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
उत्तरगंगा माविमा अध्ययनरत १ सय जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा नगर अध्यक्ष बिबश छन्त्यालको अध्यक्षता दिपेन्द्र अर्गेजाको सञ्चालन तथा मोनिका भण्डारीको स्वागत मन्तव्यमा भएको थियो भने बिच बिचमा रक्तिम अभियानका कलाकारहरुले गित तथा नित्य समेत प्र्रस्तुत गर्नुभएको थियो ।