टेकराज भुसाल, अर्घाखाँची ।
अम्लाचौर– कोरिया युथ युनियन भुमिकास्थान नगरपालिका–२ ढाकावाङ्गद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा गुल्मीको पिपलधारा समूह प्रथम भएको छ।
भुमिकास्थान २ ढाकावाङ्ग अम्लाचौरमा पुस २७ गते सोमबारदेखि शुरु भएको भलिबल खेलको आज फाइनल खेल भएको हो। सहभागी १२ समूह मध्य प्रथम स्थानका लागि आयोजक ‘ए’ समूह र गुल्मीको पिपलधारा समूह बिच भएको खेलमा आयोजक ‘ए’लाई पछि पार्दै पिपलधारा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने, आयोजक दोस्रो भएको छ ।
यसै गरि तेस्रो स्थानको लागि आयोजनक ‘बि’ र फलामखिल्लि बिच भएको खेलमा आयोजक ‘बि’ लाई पछिपार्दै फलामखिल्लिले तेस्रो स्थान हाता पारेको छ ।

उक्त खेलमा पिपलधारा समूहका खेलाडी पुष्कर कुवर उत्कृष्ट खेलाडी छनोट भएका छन्। उनलाई नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो भने प्रथम , द्वितीय , तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापा, भुमिकास्थान नगरपालिका-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले क्रमश २० हजार, १० हजार र ५ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियोे ।

