• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि


  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो ।

    Advertisement

    कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताउनुभयो । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

    आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिनुभयो । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

    अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।

    एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

    यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।(रासस)

    बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.