भिमसेन वन, बागलुङ ।
ढोरपाटन नगरपालिका वडा नं ४ को खुङ्गामा जातीय समता समाजको भेला सम्पन्न भएको छ । भेलाले लालबहादुर गोतामेको अध्यक्षतामा १३ पूर्ण र ३ सल्लाहकार सहित १६ सदस्यीय वडा समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्ष दीपा हर्मेल, सचिव डिल कुमार पर्टेल, कोषाध्यक्ष बसन्ति हर्मेल र सदस्यहरू भूमिराज बिक, खिमबहादुर सुनार, झकेन्द्र श्रीपाली, नरजित श्रीपाली, भक्त बहादुर गोतामे, श्याम गोतामे, लिला बिक, ललित गोतामे, विशाल हर्मेल रहनुभएको छ भने सल्लाहकार तारा गोतामे, जित बहादुर बिक र पूर्णिमा हर्मेल रहनुभएको छ ।
समता समाजका जिल्ला अध्यक्ष नरबहादुर सुनारको विशेष उपस्थितिमा सो भेला भएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी उपस्थित हुनुहुन्थ्यो ।