• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

खेलकुद महासंघको भेलाद्वारा काठमाडौँ जिल्ला सम्पर्क समिति गठन


  •   मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल खेलकुद महासङ्घको भेलाद्वारा काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ । खेलकुद महासङ्घका केन्द्रीय संयोजक पृथ्वी थापाको प्रमुख आतिथ्यता तथा वामपन्थी नेता भैरवराज रेग्मीको विशिष्ट आतिथ्यतामा सोमबार सो भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुुरी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष कुशल बुढामगर, केन्द्रीय सदस्य अशोकविक्रम जिसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ब्याडमिन्टन खेलाडी लालबहादुर थापा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेलसमेतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी थापाले खेलाडीलाई राज्यले दोस्रो दर्जाको नागरिक बनाएको प्रसङ्ग जोड्नुभयो । खेलजगत्मा भएको भ्रष्टाचार, अनियमितता र अराजक प्रवृत्तिको उल्लेख पनि उहाँले गर्नुभयो । कोभिड–१९ को महामारीमाझ स्थापना भएको यो महासङ्घले खेलजगत्का सबै गलत प्रवृत्तिका विरुद्ध सङ्घ गर्ने क्रममा नै खेलकुद महासङ्घको संस्थागत विकास हुने दावीसमेत उहाँले गर्नुभयो ।

    वामपन्थी नेता भैरवराज रेग्मीले खेलकुद महासङ्घ निर्माणको आवश्यकता, राज्यले खेलकुद जगत्को जिम्मेवारी नलिएको अवस्था, सत्तासिन राजनैतिक पार्टीले खेलजगत्लाई गलत दिशामा लगिरहेको अवस्था, अन्तर्राष्ट्रिय र सरकारी वा गैरसरकारी खेलकुद संस्थाहरूले खेलिरहेको गलत भूमिकाबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । खेलको पेसागत विकास र सुरक्षा तथा खेलाडीको जीवनयापनको राज्यद्वारा ग्यारेन्टी हुनुपर्ने आवश्यकतामा समेत जोड दिँदै उहाँले खेलजगत्मा सरकारी–गैरसरकारी तबरबाट भइरहेको अनियमितता र भ्रष्टाचारको चर्चा गर्नुभयो । खेलाडीहरू राष्ट्रको जिम्मेवार नागरिक भएको, अन्तर्राष्ट्रिय जगत्मा खेलाडीले नै राष्ट्रियताको पहिचान दिने गरेको, स्वस्थ र अनुशासित राष्ट्रको नागरिक खेलजगत्बाट नै हुने भएकाले खेलाडीहरू जिम्मेवार हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

    भेलालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भन्नुभयो– यो सङ्गठन राजनैतिक सङ्गठन नभएर खेलजगत्मा रहेका खेलाडीको सङ्गठन भएको र खेलजगत्मा राज्यको भूमिका प्रभावकारी र गलत रहेकाले यस महासङ्घको गठन हुनु खुसी र स्वागतयोग्य कुरो हो । खेलजगत्मा लागेका खेलखेलाडीको दायित्व राज्यले लिनुपर्दछ । हामी राजनैतिक पार्टीले पनि खेलकुद जगत्को विकासका लागि जोड दिनुपर्दछ । यसका लागि नेकपा (मसाल) ले पनि सहयोग र समर्थन गर्ने छ ।

    नेपालको पहिलो अन्तर्राष्ट्रिय म्याराथन विजेता जितबहादुर केसीले आफू र खेलजगत्लाई राज्यले गरेको उपेक्षाको विवरण पेस गर्दै खेलजगतका सङ्गठन र संस्थाहरू व्यक्तिगत पैसा कमाउने थलोमा परिणत भएको यो अवस्थामा यस प्रकाको महासङ्घ गठन हुनु स्वागतयोग्य कुरा हो भन्दै यसको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । खेलाडीहरू संस्थाका नेता हुन्छन्; र, खेलकुद संस्थालाई पाखा लगाएर राजनैतिक नेता बनेको तितो उदाहरण पेस गर्दै उहाँले यो महासङ्घलाई खेलाडीको संस्थाको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

    भेलाले तेक्वान्डो खेलाडी उमेश भण्डारीको संयोजकत्वमा सम्पर्क समिति गठन भएको छ । समितिमा सचिव तेक्वान्डो खेलाडी सफल खनाल, कोषाध्यक्ष तेक्वान्डो खेलाडी मधु रसाइली तथा सदस्यहरू अल्ट्राधावक तस्बिर लामा, तेक्वान्डो खेलाडी सीता राई, तेक्वान्डो खेलाडी ढालेन्द्र रसाइली र तेक्वान्डो खेलाडी मदन रसाइली रहनुभएको छ ।

    भेलाले जितबहादुर केसीको संयोजकत्वमा रमेश पौडेलसमेत रहनुभएको सल्लाहकार समिति गठन गरेको छ । समिति र सल्लाहकारमा खेलकुदका विभिन्न विधाका सदस्य र विज्ञलाई थप्दै जाने सहमति भएको छ ।

    म्याराथन धावक तथा सन् १९७३ मा मनिलामा सम्पन्न ओलम्पिक खेलमा नेपालको प्रथम ओलम्पिक विजेता जितबहादुर केसीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको थियो ।

    भेलाले निकट भविष्यमा सबै विधाका खेलाडीलाई समावेश गरेर भेला राख्ने निर्णय पनि गरेको छ ।

    मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.