खिमराज चालिसे, चण्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्वारा सञ्चालित जवाहरनगर एरिया अन्तर्गत खेल विभागको आयोजनामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
खेलकुद कार्यक्रमको उदघाट्न मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चीमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराईले गर्नुभयो ।
प्रतिस्पर्धात्मक भलिबल खेलमा टीम ‘ए’ प्रथम भएको छ । सो टिममा गिरुप्रसाद न्यौपाने, राजेश न्यौपाने, गोपाल न्यौपाने, रेशम भण्डारी, विष्णु भण्डारी, खेतुलाल र केशव हुनुहुन्थ्यो भने द्धितीय हुने टिम ‘बी’ मा हरि न्यौपाने, निरज घर्ती, शिशिर भण्डारी, कलमणी भण्डारी, शरद पोख्रेल, नारायण पोखरेल, सुुखदेव रिजाल लगाएतका खेलाडीहरु हुनुहुन्थ्यो ।
उद्घाटन कार्यक्रममा सुकदेब रिजालको अध्यक्षता तथा नारायण न्यौपानेको सञ्चालन र एकराज भण्डारीले स्वागत गर्नुभएको थियो ।
नगर अध्यक्ष गिरुप्रसाद न्यौपाने, खेल विभागका अध्यक्ष हरि प्रसाद न्यौपाने, नगर समितिका रेशम भण्डारी लगाएतले सम्बोधन गर्नु भएको थियो ।