दुबई । युएई नेपाली एकता समाजले ओली मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको विरोध गरेको छ ।
Advertisement
समाजका केन्द्रीय सचिव केपी विरहीको हस्ताक्षरमा डिसेम्बर २२, २०२० का दिन जारी प्रेसवक्तव्यमा सो विरोध गरिएको हो ।
वक्तव्यमा उक्त कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक तथा अधियनायकवादी कदम बताइएको छ ।
वक्तव्यमा आफ्नो कुर्सीका लागि सिङ्गो देशलाई धरासायी बनाउने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध तथा भत्र्सना गरेको बताइएको छ ।