काठमाडौं । काठमाडौंमा ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी निरीक्षक विजयकुमार केसीलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको सुभारम्भ गर्नुभएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु, विभिन्नखेलकुद संघसंस्थाका प्रतिनिधि एवं खेलाडीहरु तथा एपीएफ अधिकृत जवानहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता यही पुष ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ ।
फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।

